४ आश्विन २०८१, शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी म्याग्दीद्वारा मशाल जुलुस प्रदर्शन

0

बागलुङ: नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले  काठमाडौँ जिल्ला अदालतको आदेश विरुद्ध मंगलबार साँझ सडकमा मशाल जुलुस प्रदर्शन गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव, पार्टीका प्रवक्ता प्रकाण्डसहितका नेताहरुमाथि पक्राउ पूर्जी जारी गरिएको विरोधमा नेकपाका कार्यकर्ताहरुले सडकमा मशाल जुलुस प्रदर्शन गरेका हुन् ।

नेकपाका नेता कार्यकर्ताले जिल्लाको सदरमुकाम बेनी बजारमा अदालतको आदेश खारेज गर ! ३ बुँदे सहमति लागु गर ! भन्दै चर्का चर्का नारा लगाएर मसाल जुलुस निकालेका छन् । मशाल जुलुस बजार परिक्रमण गर्दै कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य तथा म्याग्दी जिल्ला  इन्चार्ज उषा सीले प्रतिगामीहरु आगोसँग खेल्न खोजे खरानी हुने चेतावनी दिए ।

उनले दलाल राज्यसत्ता परिवर्तनको निमित्त बलिदान गर्न तयार भएर हिँडेका सिपाहीहरुलाई नजिस्काउन चुनौती दिए । उनले दलालहरुको इशारामा तीनबुँदे सहमति विपरीत पक्राउ पुर्जी जारी गर्ने न्यायाधीशलाई जनताबाटै कार्वाही गरिनुपर्ने बताए ।

उनले दलालहरुले राष्ट्रघात र जनघात गरिरहेको, एनसेललाई उन्मुक्ति दिइरहेको र क्रान्तिकारीमाथि उल्टै पक्राउ पुर्जी जारी गरिरहेको जस्ता घटनाहरुले नेपाली जनतालाई गम्भीर बनाउको भन्दै दलालहरुका विरुद्ध एक भएर संघर्ष गर्नुको विकल्प नभएको बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।