नेपाल कम्युनिस्ट पार्टी पुर्वी ताम्सालिङ ब्युराे अन्तरगत विभिन्न जिल्लामा पक्राउ पूर्जी विरुद्ध मशाल जुलुस प्रदर्शन गरिएको छ ।
नेकपा पुर्वी ताम्सालिङ ब्युराेले पार्टीका महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सी लगाएतका नेताहरुमाथि काठमाडौं जिल्ला अदालतले जारी गरेको पक्राउ पूर्जीको चर्को विरोध गर्दै मशाल जुलुस प्रदर्शन गरेको हो ।
नेकपा रामेछापले खाडादेवीमा मंगलबार साँझ मशाल जुलुस प्रदर्शन गरेको छ । त्यसैगरी काभ्रेकाे बनेपा बजारमा नेकपाका नेताकार्यकर्ताले बनेपाको चारदाेबाटाेचोकमा विभिन्न नारासहित मशाल जुलुस प्रदर्शन गरेका छन् । यसैगरी दाेलखा जिल्लाकाे सुनखानी, मालु र तामाकोसीमा पनि मसाल जुलुस प्रदर्शन कार्यक्रम सम्पन्न भएकाे छ ।
मशाल जुलुस प्रदर्शनमा नेकपाका नेताकार्यकर्ताले कथित पक्राउ पुर्जी खारेज गर ! नेकपा जिन्दावाद ! एकीकृत जनक्रान्ति जिन्दावाद ! तीन बुँदे सहमति कार्यान्वयन गर ! दलाल सत्ता मुर्दावाद ! लगायतका नाराहरु लगाएका थिए ।