२५ पुष २०८१, बिहीबार

जनपत्रकार संगठन नेपालद्धारा हेटौडामा ५ दिने आधारभूत पत्रकारिता तालिम सुरु

0

हेटौडा । जनपत्रकार संगठन नेपालको आयोजनामा मकवानपुरको हेटौडामा आज देखि ५ दिने आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । संगठनको नारायणी ब्यूरोको आयोजनामा ५ दिने आधारभूत पत्रकारिता तालिम सुरु भएको हो ।

नेकपाका पोलिट ब्यूरो सदस्य तथा नारायणीय व्यूरो इन्चार्ज एटम सीले मैनबत्ति बालेर तालिमको उद्घाटन गरेका छन । तालिमको उद्घाटनमा प्रमुख अतिथि समेत रहेका नेकपाका नारायणी ब्यूरो इन्चार्ज एटम सीले बोल्दै तालिम फलदायी बनाउन सुझाव दिए ।

उद्घाटन कार्यक्रममा जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष शेरबहादुर विश्वकर्मा,नेकपा केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज वाटर सी, मकवानपुर जिल्ला नम्वर १ का सचिव सितल सी,दक्षिण पूर्वी जिल्लाका सचिव विवेक सी,जनपत्रकार संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य शोभराज बराल, संगठनका केन्द्रीय सदस्य विनित तिरुवा र सूर्य बरालको पनि आतिथ्यता रहेको थियो ।

तालिममा पश्चिम नारायणी ब्यूरो अन्तर्गत मकवानपुर,चितवन र धादिङ जिल्लाका प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । तालिम आगामी मङ्सिर २४ गते सम्म चल्ने आयोजक जनपत्रकार संगठनले जनाएको छ । तालिममा पत्रकारिताको आधारभूत सैद्धान्तिक तथा ा व्यवहारिक ज्ञान दिइने छ ।

संगठनका सचिवालय सदस्य सुदर्शन सीले अध्यक्षतामा उद्घाटन भएको कार्यक्रमको सञ्चालन कमल विकले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।