मकवानपुर: नेपाल कम्युनिस्ट पार्टीले आज बुद्धचोकमा न्यायाधीश कमल प्रसाद ज्ञावालीको पुत्ला दहन गरेको छ । नेकपाका महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सी सहितको नेताहरु उपर अनावश्यक रुपमा पक्राउ पुर्जी जारी गरिएको भन्दै न्यायाधीश ज्ञावालीको पुत्ला दहन गरेको हो ।
काठमाडौ जिल्ला अदालतले मंसिर १८ गते जारी गरिएको पक्राउ पुर्जी फिर्ता गर्न माग गर्दै नेकपाले १९ गते देशैभर मसाल जुलुस सहित कोणसभा गरेको छ । त्यस्तै आज दोश्रो दिन न्यायाधीश कमल प्रसाद ज्ञावालीको पुत्ला दहन गरेको छ ।
दक्षिण-पूर्व मकवानपुरका जिल्ला सेक्रेटरी विवेक सीको नेतृत्वमा रहेको टिमले बागमती प्रदेशको राजधानी हेटौंडाको बुद्धचोकमा ज्ञावालीको पुत्ला दहन गरेको हो । टिममा नेकपा १ नम्बर जिल्लाका सेक्रेटरी शितल सी, दक्षिण-पूर्व मकवानपुरका सचिवालय सदस्य सुशीला सी, सुर्य सी, रामहरी सी सहितको उपस्थिति रहेको छ ।
पुत्ला दहन कार्यक्रममा नेकपाले ३५ दिने पक्राउ पुर्जी खारेज गर, षड्यन्त्रकारी न्यायाधीश मुर्दावाद, तीन बुँदे सहमति कार्यन्वयन गर भन्दै नाराजुलुस समेत गरेको छ ।