३० बैशाख २०८१, आईतवार

नेकपाले पक्राउ पूर्जी जारी गर्ने न्यायधीसको देशभर पुत्ला जलायो

0

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले महासचिव विप्लव,प्रवक्ता प्रकाण्ड लगायतका नेताहरुका नाममा पक्राउ पूर्जी जारी गर्ने काठमाडौं जिल्ला अदालतका न्यायधीस कमल प्रसाद ज्ञवालीको आज देशभर पुत्ला जलाएको छ ।

नेकपाले राजधानी काठमाडौं सहित देशभरका विभिन्न जिल्लामा ३ बुँदे सहमति विरुद्ध आदेश दिएको भन्दै न्यायधीसको पुत्ला जलाएको हो ।

नेकपाले काठमाडौ,ललितपुर,भक्तपुर,हेटौडा,सुर्खेत,दैलेख,बाँके, बर्दिया,बुटवल,पोखरा झापा,कैलाली, कंचनपुर लगायतका जिल्लाहरुमा न्यायधीसको पुत्ला जलाएको समाचारहरु प्राप्त भएका छन । न्यायधीसको पुत्ला जलाउने कार्यक्रममा केही ठाउँमा प्रहरीले सामान्य धरपकड गरेको छ ।

नेकपाले प्रहरीको सामान्य अवरोधका बिच पुत्ला जनाउने कार्यक्रम सान्दार रुपमा सफल भएको जनाएको छ ।
नेकपाका महासचिव विप्लवले मंगलवार मात्र एक प्रेश विज्ञप्ति जारी गरी अदालतले ३ बुँदे सहमति विपरित गैरकानूनी, अराजक,विध्वंसात्मक कार्य हुने गरी आदेश दिएको भन्दै पार्टीपंक्ति र जनतालाई प्रतिरोधमा उत्रिन अपिल गर्दै तीन दिने संघर्षका कार्यक्रम घोषणा गरेका थिए ।

तीन दिने संघर्षका कार्यक्रम अन्तरगत आज देशभरका प्रमुख शहर तथा सबै जिल्लाहरुमा न्यायधीसको पुत्ला जलाउने कार्यक्रम भएको हो ।

नेकपाले मंगलबार साँझ देशभर पक्राउ पूर्जी विरुद्ध मशाल जुलुस प्रदर्शन गरेको थियो भने आज न्यायाधीशको पुत्ला जलाउने काम गरेको छ । नेकपाले भोलि दिउसो देशव्यापी जनप्रदर्शन गर्ने तयारी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।