३१ बैशाख २०८१, सोमबार

अदालतको पक्राऊ पूर्जी तीन बुँदे सहमति विपरित युद्धको निम्तो होः एटम सी

0

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टीका पोलिट ब्यूरो सदस्य एटम सीले काठमाडौं जिल्ला अदालतको पक्राउ पूर्जी तीन बुँदे सहमति विपरित युद्धको निम्तो भएको बताएका छन ।

हेटौडामा आजबाट सुरु भएको ५ दिने आधारभूत पत्रकारिता तालिमको उद्घाटन गर्दै पोलिट व्यूरो सदस्य एटमले यस्तो कुरा बताएका हुन ।
उनले भने ‘अदालत के चाहान्छ युद्ध कि शान्ति ? नेकपा शान्तिपूर्ण राजनीति गरिरहेको बेला पक्राउ पूर्जी जारी गर्नु युद्धको निम्तो गर्ने साम्राज्यवादी खेल त हाईन ? यो खारेज गरिनु पर्छ ।’

उनले संसदीय दलाल व्यवस्था नै खराव छ त्यही खराव व्यवस्थाको अदातल पनि झन खराव भएर पक्राउ पूर्जीको आदेश दिएको भनाई राखे । उनले दलाल व्यवस्थाको अन्त्य नगरे सम्म र नेपालमा समाजवादी व्यवस्था नल्याए सम्म प्रतिगामीहरुद्धारा विभिन्न षड्यन्त्र हुने बताए ।

नेकपाको नारायणी ब्यूरो इन्चार्ज समेत रहेका एटमले साम्राज्यवादी दलालहरुले राष्ट्र,राष्ट्रियता र जनतन्त्रको विषयमा अग्रपङ्तिमा संघर्ष गरिरहेको नेकपाका नेताहरुलाई पक्राउ पूर्जी काटेर आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र गरेको बताए ।

कार्यक्रममा जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष शेरबहादुर विश्वकर्माले जनपत्रकारहरूले गर्ने पत्रकारिता देश र जनताप्रति समर्पित हुपर्ने बताए ।


उनले जनपत्रकारले गर्ने पत्रकारिता मिशन पत्रकारिता भएको भन्दै मिसन समाजलाई अग्रगामी परिवर्तनका लागि हुनुपर्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज वाटर सीले बर्तमान समयमा मिडिया र मिडियाकर्मीहरु सत्य र न्यायका लागि भन्दा पनि पैसाका लागि जेपनि गर्ने खालको भएको गुनासो गरे ।

उनले अरु पत्रकार भन्दा फरक हुदै जनपत्रकारहरूले सत्य र न्यायका लागि कलम चलाउनु पर्ने तथा देश र जनताको लागि समर्पित हुनु पर्ने भनाई राखे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।