३१ बैशाख २०८१, सोमबार

काला कोटधारीको पक्राउ पूर्जी, परिवर्तन विरुद्धको गम्भीर षडयन्त्र होः निर्मल सी

0

तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य निर्मल सीले राष्ट्रप्रेमी तथा क्रान्तिकारी नेता विप्लव विरुद्ध काला कोटधारीले पक्रउा पुर्जी जारी गर्नु परिवर्तन विरुद्धको गम्भीर षड्यन्त्र भएको बताएका छन् ।

दाङको तुलसीपुरमा नेकपाले आयोजना गरेको पुत्ला दहन कार्यक्रम पछिको कोणसभालाई सम्बोधन गदै नेता निर्मल सीले यस्तो कुरा बताएका हुन ।

नेता निर्मल सीले भने, “नेकपाका महासचिव विप्लवको नेतृत्वमा नेपालमा राष्ट्रघात , जनघात र भ्रष्टाचारका विरुद्धमा क्रान्ति चलिरहेको छ । हामीले एनसेल विरुद्ध संघर्ष गरेका कारण अहिले एनसेलको ठगी धन्दा छताछुल्ल भएको छ । विप्लव यो देशको एकमात्र राष्ट्रप्रेमी क्रान्तिकारी नेता हुन् । विप्लवका विरुद्ध काला कोटधारीले पक्राउ पुर्जी जारी गर्नु गम्भीर षड्यन्त्र हो ।”

नेता निर्मलले विप्लवको नेतृत्वमा मुलूकमा समाजवादी आन्दोलन चलिरहेकाले प्रतिगामी तत्वहरुको षड्यन्त्रको रुपमा पक्राउ पूर्जी आएको बताए ।

नेकपाका नेता तथा कार्यकताले पक्राउ पूर्जीको आदेश दिने काठमाठौं जिल्ला अदालतका न्यायाधीश कमल प्रसाद ज्ञवालीको पुत्ला दहन समेत गरेका थिए । कोणसभाको सहजीकरण नेकपा तुलसीपुरका इन्चार्ज भुवन सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।