२६ पुष २०८१, शुक्रबार

कपिलबस्तुमा न्यायधीस कमल प्रसाद ज्ञवालीको पुत्ला जलाईयो

0

कलिबस्तु । नेपाल कम्युनिष्ट पार्टी कपिलबस्तुले नेकपाका महासचिव विप्लव,प्रवक्ता प्रकाण्ड लगायतका नेताका नाममा पक्राउ पूर्जीको आदेश दिने काठमाडौं जिल्ला अदालतका न्यायधीस कमल प्रसाद ज्ञवालीको आज पुत्ला जलाएको छ ।

जिल्लाको खसीबजार चोकमा कपडा र परालको बनाएको पुत्लामा न्यायधीस ज्ञवालीको फोटो टाँसेर पुत्ला जलाएको हो ।

नेकपाले तीन बुँदे सहमतिको कार्यान्वयन गर,शन्ति प्रक्रिया विरुद्धको आदेश खारेज गर,भन्दै चर्का नारा बाजी लगाउदै न्यायधीस ज्ञवालीको पुत्ला जलाएको नेकपाले जनाएको छ ।

 

पुत्ला दहन पछिको कोणसभामा नेकपाका नेता पाबेलले सम्वोधन गर्दै प्रतिगामी परिवर्तन विरोधी न्यायधीसलाई पदमा बन्ने नैतिकता नभएको बताए ।

उनले तीन बुँदे सहमति उल्लंघन गरेर नेताहरुका नाममा पुराना मुद्धा व्यूताउनु साम्राज्यवादी षड्यन्त्र भएको पनि जिकिर गरे ।

नेकपाका नेता कार्यकर्ताहरुले न्यायधीस ज्ञवालीको पुत्ला जलाईरहदा प्रहरी प्रशासनले केही समय हस्तक्षेप पनि गर्न खोजेको थियो । नेकपा कार्यकर्ताको चर्का नारावाजी सहित पुत्ला दहन सफल भएको समाचारमा जनाईएको छ ।

नेकपाले हिजो साँझ न्यायधीसको आदेश विरुद्ध मसाल जुलुस गरेको थियो भने भोलि जनप्रदर्शन गर्ने तयारी गरेको छ । सोमबार काठमाडौं जिल्ला अदालतको पक्राउ पूर्जीको सूचना गोरखापत्रमा प्रकाशित गरिएको थियो ।

नेकपा महासचिव विप्लवले अदालतको आदेश विरुद्ध मंगलवार विज्ञप्ति जारी गरी तीन दिने आन्दोलनको कार्यक्रम घोषणा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।