४ आश्विन २०८१, शुक्रबार

काठमाडौ उपत्यका विभिन्न ठाउँमा न्यायधीस ज्ञवालीको पुत्ला दहन

0

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीले काठमाडौं उपत्यका विभिन्न स्थानमा जिल्ला अदालत काठमाडौका न्यायधीस कलम प्रसाद ज्ञवालीको पुत्ला दहन गरेको छ ।

जिल्ला अदालतका न्यायधीस ज्ञवालीले नेकपा महासचिव विप्लव,प्रवक्ता प्रकाण्ड लगायतका नेताहरु माथि पक्राउ पूर्जीको आदेश जारी गरेको विरुद्धमा नेकपाले उपत्यका विभिन्न स्थानमा आज पुत्ला दहन गरेको हो ।

नेकपाले उपत्यका जमल,ललितपुर,भक्तपुर,मंगलबजार,चाविल लगायतका चोकहरुमा न्यायधीस ज्ञवालीको पुत्ला जलाएकोे छ ।

नेकपाका नेता कार्याकर्ताले झुट्टा मुद्धा खारेज गर,तीन बुँदे सहमति कार्यान्वय गर,अदालतको आदेश खारेज गर लगायतका चर्का नारावाजी समेत गरेका थिए ।

उपत्यका विभिन्न स्थानमा भएको पुत्ला जलाउने कार्यक्रम पछिको कोणसभामा बोल्ने नेकपाका नेताहरुले न्यायधीस ज्ञवाली विरुद्ध चर्को अभिव्यक्ति दिएका छन ।

नेताहरुले तीन बुँदे सहमति उल्लंघन गर्ने मनसायले अदालतले शान्ति प्रक्रिया विरुद्ध जाने गरी आदेश गरेको भन्दै कडा भत्सर्ना गरेका छन ।

नेताहरुले तत्काल अदालतको आदेश फिर्ता नगरे जनताको अदालतमा आदेश दिने न्यायधीसलाई उभ्याउने चेतावनी समेत दिएको डिआर सीले जनाएका छन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।