४ आश्विन २०८१, शुक्रबार

नेकपा बाँकेद्धारा नेपालगंजमा न्यायधीसको पुत्ला दहन

0

बाँके । नेपाल कम्युनिष्ट पार्टी बाँकेले नेपालगंजको गणेशमान चोकमा काठमाडौं जिल्ला अदालतका न्यायधीस कमल प्रसाद ज्ञवालीको पुत्ला दहन गरेको छ ।

न्यायधीस ज्ञवालीले नेकपाका महासचिव विप्लव,प्रवक्ता प्रकाण्ड लगायतका नेतामाथि पक्राउ पूर्जीको आदेश दिएको घटनाका विरुद्ध नेकपाले पुत्ला दहन गरेको हो ।

नेकपा उत्तर बाँके जिल्ला इन्चार्ज रणदिप सी,दक्षिण बाँके जिल्ला इन्चार्ज शेखर सी,नेकपा केन्द्रीय सदसय नारायण सी लगायतका नेता कार्यकर्ताको उपस्थितिमा न्यायधीस ज्ञवालीको पुत्ला जलाईएको थियो ।

नेकपाका नेता कार्यकर्ताले न्यायधीस र अदालत विरुद्ध चर्का नारावाजी गरेका थिए । पुत्ला दहन पछिको कोण सभामा नेकपाका केन्द्रीय सदस्य नारायण सीले सम्वोधन गर्दै अदालतले ३ बुँदे सहमति विपरित आदेश दिएको बताए ।

उनले शान्ति प्रक्रिया विरुद्ध अदालत गएकोमा आपत्ति जनाउदै न्यायलयले गरेको कमजोरी तत्काल सच्याउनु पर्ने बताए ।
उनले प्रतिगामीहरुको षड्यन्त्रमा पक्राउ पूर्जीको आदेश आएको हुन सक्ने आशंका व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।