१२ मंसिर २०८१, बुधबार

नेकपा बागलुङले पक्राउ पूर्जी जारी गर्ने न्यायधीसको पुत्ला जलायो

0

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी बागलुङले महासचिव विप्लव,प्रवक्ता प्रकाण्ड लगायतका नेताहरुका नाममा पक्राउ पूर्जी जारी गर्ने काठमाडौं जिल्ला अदालतका न्यायधीस कमल प्रसाद ज्ञवालीको पुत्ला जनाएको छ ।

नेकपाले केन्द्रीय संघर्षको कार्यक्रम अन्तरगत जिल्लाको बागलुङ बजारको बिचचोकमा ३ बुँदे सहमति विरुद्ध आदेश दिएको भन्दै न्यायधीस ज्ञवालीको पुत्ला जलाएको हो । सो क्रममा नेकपा नेता तथा कार्यकर्ताले न्यायधीस विरुद्ध चर्का नारावाजी गरेका थिए ।

पुत्ला दहन पछिका कोणसभामा नेताहरुले पक्राउ पूर्जीको आदेश दिने न्यायधीस साम्राज्यवादी एजेण्ड भएको बताएका थिए ।

नेकपाका महासचिव विप्लवले मंगलवार मात्र एक प्रेश विज्ञप्ति जारी गरी अदालतले ३ बुँदे सहमति विपरित गैरकानूनी, अराजक,विध्वंसात्मक कार्य हुने गरी आदेश दिएको भन्दै पार्टीपंक्ति र जनतालाई प्रतिरोधमा उत्रिन अपिल गर्दै तीन दिने संघर्षका कार्यक्रम घोषणा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।