४ आश्विन २०८१, शुक्रबार

नेकपाले गर्‍यो बुटवलमा न्यायाधीशको पुत्ला दहन

0

बुटवल: नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमल प्रसाद ज्ञवालीको पुत्ला दहन गरेको छ ।जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, पार्टी प्रवक्ता प्रकाण्ड, माइला लामा लगाएतका केन्द्रीय नेताहरुलाई पक्राउ पुर्जी जारी गरेपछि अदालत र सरकार प्रति पार्टी रुष्ट बनेको छ ।यसैबीच आज साँझ पार्टीका केन्द्रिय सदस्य शरद ओलिको नेतृत्वमा बुटवलमा पक्राउ पुर्जी जारी गर्ने न्यायाधीशको पुत्ला दहन एवं मसाल जुलुस प्रदर्शन गरेको हो ।


पुत्ला दहन पछि उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सेक्रेटरी बिरेन्द्र सीले तत्कालीन ओलि सरकार सँग पार्टीले गरेको तीन बुदे सम्झौता लागू हुनुपर्ने , महासचिव लगाएत सबै नेता कार्याकर्ताहरुका झुटा मुद्दा खारेज हुनुपर्ने बताउनु हुदै राज्यले बेवास्ता गरे पुनः जनविद्रोह गर्ने चेतावनी दिनु भयो ।सो कार्यक्रमलाई सुरक्षाकर्मीले तितरबितर पार्ने कोसिस गरेका थिए । उक्त पार्टीले देशव्यापी बिरोधका कार्यक्रम सार्वजनिक समेत गरिसकेको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।