२७ पुष २०८१, शनिबार

उदयपुरमा न्यायाधीश कमल प्रसाद ज्ञवालीको पुत्ला दहन

0

उदयपुर । नेपाल कम्युनिस्ट पार्टी पूर्वी र पश्चिम उदयपुरले काठमाडौं जिल्ला अदालतका न्यायधीश कमल प्रसाद ज्ञवालीको पुत्ला दहन गरेको छ ।

जिल्ला अदालत काठमाडौं न्यायधीस ज्ञवालीले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र पार्टी प्रबक्ता प्रकाण्ड सी लगायतका केन्द्रीय नेताहरुलाई पक्राउ पूर्जी जारी गरेको विरुद्ध उनको पुत्ला दहन गरेको हो । पुत्ला दहनमा नेताका नेता कार्यकर्ताले चर्का नाराहरु चलाएका थिए ।

पुत्ला दहन पछिको काणसभामा बोल्दै पुर्बी उदयपुर जिल्ला ईन्चार्ज अमृत सीले तत्कालीन ओली सरकार सँग पार्टीले गरेको तीन बुदे सम्झौता उल्लंघन गरेर पक्राउ पूर्जी जारी भएको बताए ।

उनले तीन बुँदे सहमति अनुसार महासचिव लगायत सबै नेता कार्याकर्ताहरुका झुटा मुद्दा खारेज गर्नु पनर्,े जेलमा रहेका राजबन्दीलाई रिहाई गर्नु पर्ने र दलाल भ्रष्टहरुलाई कार्बाही गर्नु पर्ने बताए ।

उनले नेकपाको मागलाई राज्यले बेवास्ता गरे पुनः जनविद्रोह गर्ने चेतावनी दिए ।

पूर्वी उदयपुर जिल्ला सेक्रेटरी अनिता सी, पश्चिम जिल्ला सेक्रेटरी जित बहादुर सी लगायत जिल्लाका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।