५ आश्विन २०८१, शनिबार

‘सुदृढ तथा विस्तार पार्टी, व्यवस्थित जनसम्बन्ध’ अभियानद्धारा ताडीमा जनभेटघाट

0

कालिकोट । नेपाल कम्युनिष्ट पार्टी पूर्वी कालिकोटले सुरु गरेको ‘सुदृढ तथा विस्तार पार्टी, व्यवस्थित जनसम्बन्ध’ अभियान जिल्लाको खाँडाचक्र नगरपालिकाको वडा नम्वर ४ ताडीमा पुगेको छ ।

अभियानले सुक्रबार ताडी गाउँमा स्थानीयबासीहरुको उपस्थितिमा जनभेटघाट कार्यक्रम गरेको छ ।

अभियानमा नेकपाका केन्द्रीय सदस्य विराट सी,नेकपाका केन्द्रीय सदस्य तथा मध्य कर्णाली व्यूरो इन्चार्ज विवेक सी,नेकपाका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज बलवान सी,नेकपाका सल्लाहकार समितिका संयोजक सन्देश सी,युवा संगठन नेपालका केन्द्रीय सदस्य मिनेश सी,ेसेक्रेटरी रमेश सी लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको छ ।

जनतासंगको भेटघाट कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य विराटले देश निकै संकटमा परेको र अहिलेको संकटको निकास समाजवादी व्यवस्था भएको बताए ।

उनले जनताले एकपटक नेकपाको राजनीतिक एजेण्डामा साथ दिन आग्रह गरे । उनले नेकपा र अहिलेको समाजवादी मोर्चा वाहेक अरु कोहीसंग अग्रगामी राजनीति निकासको विकल्प नभएको प्रष्ट्याए ।

जनभेटघाटमा केन्द्रीय सदस्य विवेक र बलवान सीले पनि अहिलेको उचित निकास नेपाली विशेषताको समाजवाद भएको बताए । जिल्लाको जिम्जेडीबाट सुरु भएको अभियान बदालकोट हुदै ताडी गाउँ पुगेको हो ।  जनभेटघाट कार्यक्रम रमेश सीको अध्यक्षतामा सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।