प्राकृतिक प्रकोप निकै शक्तिशाली र भयानक ढंगले आउने गर्दछ । यो जहिले पनि अप्रत्याशित नै हुने गर्दछ । मानवीय कर्मले सृजना गरेका भौतिक संरचना देखि मानवीय शक्तिलाई चुनौती दिने गरी प्राकृतिक प्रकोप आउने गरेको छ । यो मान्छेको कल्पना भन्दा निकै बाहिर छ । प्राकृतिक प्रकोप कहिले कतिवेला र को कसलाई भन्ने कुराको कुनै ग्यारेण्टी नै नहुने कुरा हो । प्राकृतिक प्रकोप भित्रको सबै भन्दा डरलाग्दो प्रकोप भनेको विनाशकारी भूकम्प नै हो । जसले सेकेण्डमै अप्रत्यारिलो नोक्सानी पुर्याउछ । यसको चाहेर पनि तत्काल बचाउन सकिने कुनै उपाय नै हुदैन । बिज्ञानको उच्चतम विकासले पनि भूकम्प रोक्ने र पूर्व सुचना दिने कुनै यन्त्र विकास गरेको छैन । यसबाट बँच्न पूर्ब सतर्कता बाहेक अर्को कुनै विकल्प छैन । नेपालमा विस १९९० र २०७२ सालमा गएको विनाशकारी भूकम्प हाम्रो अगाडि ताजै छ । अझै हालै २०८० साल कार्तिक १७ गते जाजरकोट बारेकोट रामीडाडालाई केन्द्र बिन्दु बनाएर आएको विनाशकारी भूकम्प झनै ताजै छ । जाजरकोटको भूकम्पले देशलाई नै शोकमग्न बनायो । सम्बन्धित ठाउँहरुको त्यो क्षतबिक्षेत हेर्दा निकै कहाली लाग्दो नै भेटाए । प्राकृतिक प्रकोपले उत्पन्न समस्या समाधानका लागि को कति सक्रियरुपमा खट्यो ? कसले कति मात्रामा सहयोगी हातहरु बढायो ? अर्थात कसले कति मानवीय कर्तब्य पूरा गर्यो जो निस्वार्थ छ र सहि मुल्याङ्कन आवश्यक छ । दलाल संसदीय ब्यबस्थाले बसालेको थिति भनेको कुनै पनि घटना घट्दा त्यसलाई राजनीतिकरण गर्ने समाजिक दृष्टिकोणबाट एकाएक अलग थलग पार्ने जुन प्रचलन छ,यो समाजमा घट्ने हरेक घटनाबाट जान्न बुझ्न सकिन्छ । जो यतिबेला भूकम्प प्रभाबित क्षेत्रमा पनि ब्यक्त भएको पाईन्छ । यसको निराकरण कसरी गर्न सकिएला ? समाजलाई एकताबद्ध गर्ने र समाजमा घट्ने हरेक घटनालाई न्यायपूर्ण र उचित ढंगले क्रमश समाधान गर्ने उपायको खोजी कसरी गर्ने ? त्यो भनेको पावर सो को रितिथिति को अन्त्यको कुरा हो । यसलाई हल कसरी गर्ने ? ब्यबस्था परिबर्तनको अभ्यास अनिमात्र जनताले गर्ने छन । यी सबै बिषयमा यतिबेला जाजरकोटलाई केन्द्र बिन्दु बनाएर आएको विनाशकारी भूकम्पले पुर्याएको क्षति,राहत, उद्धार र पूनर्निर्माणमा पार्टीले जुराएको मौकाका कारण नियालेरै बुझ्ने अवसर प्राप्त गरायो । जहाँ जे देखियो त्यही यहाँ उल्लेख गर्ने जमर्को गरिएको छ ।
विनाशकारी भूकम्पले गरेको क्षति
२०८० साल कार्तिक १७ गते राति आएको विनाशकारी भूकम्पले जाजरकोट जिल्लाको बारेकोट गाउँपालिकाको रामीडाँडालाई केन्द्र बिन्दु बनाएर आएको थियो । यसले जाजरकोट, रुकुम पश्चिम र सल्यान जिल्लालाई ठूलो क्षति पुर्याएको थियो । यो भूकम्पले मानवीय क्षतिसंगै भौतिक क्षति पनि पुर्यायो । धरै नागरिकहरु विस्थापित भए । भूकम्पले जाजरकोटमा मात्रै मृत्यु हुनेको संख्या १०१ पुग्यो । घाईतेहरुको संख्या ११२ जना पुग्यो । हजारौ घर भत्किए । जाजरकोटमा जम्मा ७ वटा स्थानीय तह रहेका छन । मानवीय क्षतिका हिसाबले नलगाड नगरपालिका,भेरी नगरपालिका र बारेकोट गाउँपालिका नै बढी प्रभावित भएका छन भने छेडागाड नगरपालिका,कुसे गाउँपालिका, जुनिचाँदे गाउँपालिका र शिवालय गाउँपालिकामा पनि भौतिक क्षति गरेको छ । बस्न लाहेकका घर केही बाहेक अधिक छैनन् । माटो र ढुङ्गाका घरहरु प्रायः जसो पूनर्निर्माण गर्ने अवस्थामै देखिन्छन् । अहिले धेरै जसो जाजरकोटबासी समुदायहरु शितझरीको सामनागर्दै पालको टहरामूनिको बास खेपिरहेका छन् । केही ठाँउमा खानेपानी र सिचाईको निकै ठूलो अभाव छ । सार्बजनिक भवनहरु पनि क्षतिग्रस्त अबस्थामा रहेका छन । यो सबै कोणबाट हेर्दा जाजरकोट नै एकनम्वर क्षतिग्रस्त जिल्लामा पर्नेमा कुनै बिबाद छैन तर जुन प्रकारको उद्धार, राहत र पूनर्निर्माणमा तदारुकता र सरकारी वा गैरसरकारी संस्थाहरुमा हुनु पर्ने हो । त्यो चहलपहल प्रायः सुन्यजस्तो देखिन्छ ।
उद्धार, राहत र पूनर्निर्माण बारे
प्राकृतिक विपत्ति कुनै एक ठाउँ एक मान्छे लाई मात्र पर्ने कुरा होईन । यो जो कोहीलाई जतिबेला पनि पर्ने र सामना गर्नुपर्र्ने कुरा हो । जसलाई जतिबेला परेपनि त्यसमा सहयोग गर्नु मानवीय कर्तब्यनै हो । ब्यक्तिहोस वा संस्था जो भएपनि । कयौ पार्टी संघ संस्था सरकारी निकायहरु विशेष गरी सेना पुलिसहरु नै बिपत्तिको उद्धार, राहत र पूनर्निर्माणमा अग्रसर हुने गरेका छन । जाजरकोटमा पनि कोही भित्र मन देखि त कोही बाध्यताले जेहोस प्रारम्भिक चरणमा उद्धारको काममा लागे । सबै भन्दा पहिलो काम घाईतेहरुको उद्धार थियो । जुनकाम सरकार र विभिन्न क्षेत्रबाट भूमिका पूरा भएको छ । मृतकको शव ब्यबस्थापन ढिलै भएपनि हुनेकुरा भैहाल्यो तर अन्य पशु चौपाय देखि समान ओसारपोसारमा निकै ढिलाई भएको देखियो । तर पनि भयो । तर राहत बितरणको कुरा जहाँ सम्म छ । जिल्ला भरी प्रारम्भिक चरणको रिपोर्टलाई आधार मान्ने हो भने जिल्ला भरी हालसम्मका पालका टहराहरु ८००० को सेरो फेरोमा छन । प्रत्यक नगर ÷ गाउँ र वडापालिकाले चामल, तेल लगायत राहत सामग्रीहरु बितरण गरिरहेका छन तर पुग्नै पर्ने ठाउँमा नपुगेको गुनासो भने जोडतोडले उठेकै छ । पूनर्निर्माणको काममा भने प्रक्रियागत ढिलासुस्ति भएकै छ । तथापि विभिन्न राजनीतिक दल संघ संस्थाबाट निर्माण गरिने अस्थाई टहरा भने बनाउने क्रम जारी छ । संख्यामा होडबाजी बाहिर जे चलिरहेको छ, भित्र त्यो स्केलमा नभएपनि जनताहरुलाई खुलाआकासमा बस्नु पर्ने स्थिति त छैन । तै पनि झाराटार्ने कर्तब्य पूरा गर्ने महामारी भने निकै चलेको छ । हाम्रो पार्टी स्वयंसेबकले यति घर निर्माण, उतिघर निर्माण गरेको फेसबुकमा प्रतिस्पर्धाका लागि भएपनि टहरा वास्तविक बस्न लाएक भएकी भएनन ? ध्यान नगएको बुझिन्छ । त्यसमा पनि जे जस्ता निर्माण गरिएपनि राजनीतिक पार्टी मध्य मुख्यगरी नेपाल कम्युनिष्ट पार्टी,एमाले, माके र नेपाली काङग्रेस र क्रान्तिकारी माओवादी पार्टी नै फिल्डमा देखिएका थिए । हाल सम्म नेकपा मात्रै फिल्डमा उपस्थित मात्रै हैन निरन्तर निर्माण कार्यमा जुटिरहेको छ । अरुको भन्दा फरक स्टमेटका आधारम आकर्षक अस्थाई घर नेपाल कम्युनिस्ट पार्टीले निर्माण गरेको छ । पार्टी केन्द्रीय कार्यालयले नेपाल सरकार राहतकोषमा जम्मा गरेको एक लाख देखि आफैले उत्पादन गरेको चामल बितरण देखि देशैभरीबाट पठाएको राहत महासचिव क बिप्लब सी र प्रबक्ता क प्रकाण्ड सी कै नेतृत्वमा प्रत्यक्ष राहत हस्तान्तरण र अस्थाईघर निर्माण र हस्तान्तरण त्यो पनि अति बिपन्न श्रमिक समुदाय भित्रकोलाई गर्दाको प्रभाव देशैभरी विशेष गरि जाजरकोट रुकुम लगायत भूकम्प प्रभाबित ठाउँहरुमा निकै सकारात्मक परेको छ । नेपाल कम्युनिष्ट पार्टी दक्षिण कर्णाली ब्यूरो ईन्चार्ज क संगम सीकै नेतृत्वमा ३६ घर मा उद्धार गरिएको र दोस्रो तेस्रो चरण गरी करिव ४ दर्जन बढी अस्थाई घर निर्माण भएका छन । क डा प्रकाश सी को नेतृत्वमा जिल्लाका बिभिन्न ठाउँ गरी ५०० जनालाई दिएको स्वास्थ्य उपचारको प्रभाव निकै सकारात्मक रहेको छ । यो कार्यले सिङ्गो देशभरी सकारात्मक सन्देश दिएको छ भने जिल्ला पार्टीले बिबरण संकलन राहत बितरण देखि पूनर्निर्माणमा गरेका अन्य पहलहरु निकै मनन्योग्य रहेका छन । आम जाजरकोटी जनताको मन जित्न सफल नेकपाप्रति जनताको आकर्षण दिन प्रतिदिन बढेको छ ।
सीमा समस्या र निश्कर्ष
दलाल संसदीय ब्यबस्था र त्यो बाट निर्देशित संसदीय राजनीतिक पार्टीका क्रियाकलापमा कुनै नयाँ पन नदेखिनु मुख्य समस्या रहेको छ । सरकारी राहतलाई पार्टीको राहतको रुपमा जनतामा देखाउन खोज्ने समस्यादेखि नातावाद, कृपावाद र भेगियता जस्ता पुरानै समस्याले जाजरकोटका संसदीय राजनीतिक दलहरु माथी उठ्न सकिरहेका देखिएनन । संघसंस्थाहरु पनि आस्थावान पार्टीकै निर्देशनमा चल्ने,संस्थाले दिएको राहात पनि पार्टीले दिएको देखाउन खोज्ने प्रबृति पनि पाईयो । दुरदराजका बस्ती र पीडित पीडितनै होईनन् जस्तो बुझाई कायमै छ । सदरमुकाम वरिपरि र पावरवालाहरुका लागि मात्रै राहत पुग्ने जस्तो बन्न खोजेको पाईन्छ । कुनै ठाउँमा एक पाल बाहेक केही पनि नपाएको गुनासो सुनिएको छ । यसको बारे नेपाल कम्युनिष्ट पार्टी जाजरकोटले अनुगमनको योजना पनि बनाएको छ यी र यस्ता समस्याको सिकार भएको भूकम्प प्रभाबित जिल्ला जाजरकोटमा सरकारका जिम्मेवार निकाय र नेपाल कम्युनिष्ट पार्टीले अनुगमनको कार्यलाई तिब्र पार्नु पर्ने, निर्माण कार्यलाई निरन्तरता दिनु पनर्,े नेकपा दक्षिण कर्णाली र मध्यकर्णाली व्यूरो मात्र होईन अन्य छिमेकी ब्यूरोले पनि जनशक्ति आपूर्ति गर्नु पर्ने निश्कर्ष रहेको छ । (भूकम्प प्रभावित जिल्ला जाजरकोटमा राहत,उद्धार र अस्थायी आवास निमार्णमा सहभागी पछि फर्किदा)