५ आश्विन २०८१, शनिबार

नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक शिवगढीमा पुनः सुरु

0

कपिलबस्तु । नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक कपिलबस्तुको शिवगढीमा आज विहान साढे ९ बजेबाट पुनःसुरु भएको छ ।

नेकपाको केन्द्रीय कार्यालय कपिलबस्तुको शिवगढीमा शनिवार अपराहन्न ४ बजे सुरु भएको बैठकमा नेकपाका महासचिव विप्लव सीले केन्द्रीय समितिको बैठकमा पेश गर्ने “सीसी विशेष बैठकको राजनीतिक र सङ्गठनात्मक प्रस्ताव” पेश गरेका थिए ।

विहान  साढे ९ बजेबाटसुरु भएको बैठकमा स्थायी समितिका सदस्यहरुले महासचिवको प्रस्तावमाथि धारणा राख्ने क्रम जारी छ । स्थायी समितिका सदस्यहरुले धारणा राख्नेक्रम सकिए पछि महासचिव विप्लवले आफ्नो जवाफ दिइने छन ।

महासचिव विप्लवले पेश गरेको प्रस्तावमा नेपालको पछिल्लो राजनीतिक संकटको अवस्था, निकासको मार्ग र आगामी पार्टी योजना समेटिएको छ ।

प्रस्तावमा महासचिव विप्लव,प्रवक्ता प्रकाण्ड सी लगायतका नेतामाथि काठमाडौं जिल्ला अदालतले जारी गरेको पक्राउ पूर्जीको आदेश पनि गम्भीरतापूर्वक उठाईएको छ भने अबको बाटो तय गर्ने विषयमा छलफल भइरहेको बताईएको छ ।

बैठकमा नेकपाका महासचिव विप्लव सी,स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड सी,स्थायी समितिका सदस्यहरु सन्तोस सी,अनिल सी,शिलु सी,भरत सी र शुशिल सीको उपस्थिति रहेको छ ।

आजै स्थायी समितिको बैठक सकिने र त्यसपछि पोलिट व्यूरोको बैठक बस्ने नेकपाले जनाएको छ । नेकपाको पोलिट व्यूरो बैठक सकिए लगत्तै केन्द्रीय समितिको बैठक बस्ने तयारी छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।