५ आश्विन २०८१, शनिबार

अर्घाखाँचीमा ‘सी संस्कृति’ अन्तरगत जेष्ठ कम्युनिष्ट योद्धा नेपाल बहादुरलाई सम्मान

0

अर्घाखाँची । नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीले ‘सी संस्कृति’ अन्तरगत जिल्लाको खयरभट्टी निवासी ८१ बर्षिय जेष्ठ कम्युनिष्ट योद्धा नेपाल बहादुर सीलाई सम्मान गरेको छ ।

जिल्लाको खयरभट्टीमा शनिवार प्रगतिशील पुजा कार्यक्रमको आयोजना गरी नेपाल कम्युनिष्ट पार्टीले जेष्ठ कम्युनिष्ट योद्धा नेपाल बहादुर सीलाई सम्मान गरेको हो ।

नेकपाका पश्चिम लुम्बिनी व्यूरो इन्चार्ज सञ्जीव सीले ८१ बर्षिय कम्युनिष्ट योद्धा नेपाल बहादुर सीलाई फुलमाला र अविर आवरण गर्दै सुस्वास्थ्य,समृद्धि र दिर्घायूको कामना व्यक्त गरे ।

उनले नेकपाका महासचिव विप्लव सीले पठाएको कोशेली स्वरुप न्यानो खालको ज्याकेट लगाईदिदै महासचिव विप्लवको तर्फबाट पनि दिर्घायू तथा सुस्वास्थ्यको शुभकामना सुनाए ।

सितगंगा नगरपालिका वडा नं.११ खयरभट्टी निवासी नेपाल बहादुर सी विस २००० सालमा जन्मिएका हुन । विद्रोही स्वभावका नेपाल बहादुर करिब ५ वर्ष जति नेपाली कांग्रेसको स्थानीय नेताको रुपमा राजनीतिमा प्रवेश गरे ।

कांग्रेसी राजनीतिबाट उनी सन्तुष्ट नभएपछि त्यस पार्टीबाट विद्रोह गरी नेकपा एमाले प्रवेश गरे । झण्डै १० वर्ष नेकपा एमालेमा आबद्ध भई आफ्ना राजनीतिक गतिविधिहरु संचालन गरे ।

पुरानो पालाको शिक्षा अन्तरगत कक्षा ५ पास गरेका नेपाल बहादुर स्थानीय स्तरमा पढेलेखेको र सुजबुझवाला नेताको रुपमा गनिन्छन । ३५|३६ साल देखि नेकपा माले प्रवेश गरी कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेदेखि उनी निरन्तर कम्युनिष्ट कार्यकर्ताको रुपमा सामाजिक काममा क्रियाशिल छन ।

जव २०४६ सालको जनआन्दोलन हुँदै ०४८|०४९ तिरको चर्को वर्ग संघर्षको समयमा स्थानीय स्तरमा उनको भूमिका उल्लेखनिय छ ।
विस्तारै २०५२ सालबाट देशमा जनयुद्धको संचालन भयो । जनयुद्धसंगै उनी खयरभट्टीमा तत्कालिन नेकपा (माओवादी) को भरपर्दो र पाको स्थानीय नेताको रुपमा स्थापित बने ।

संकटकाल पचाए, पछिल्लो समयमा करिब अढाईवर्ष लामो नेकपामाथिको प्रतिबन्ध पनि उनले कुशलतापूर्वक पचाए ।
नेपाल बहादुर हाल नेकपा अर्घाखाँची जिल्लाको सल्लाहकारको भूमिकामा छन् । जसको फलस्लरुप उनलाई नेकपा अर्घाखाँचीद्धारा जेष्ठ कम्युनिष्ट योद्धाको रुपमा अभिनन्दन सहित सम्मान गरिएको हो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा पूर्वी कपिलबस्तु इन्चार्ज सुनिल सी, अर्घाखाँची इन्चार्ज माहुरी सी, जनपत्रकार संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य तथा लुम्विनी प्रदेश संयोजक राजेन्द्र रावत क्षेत्री, स्थानीय समाजसेवी, बुद्धिजीवी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधि र सयौं जनताको सहभागिता रहेको थियो ।

पश्चिम लुम्बिनी सामना सांस्कृतिक परिवारद्धारा सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गर्दै रमाईलो पनि गरिएको थियो । कार्यक्रमको अध्यक्षता नेकपा अर्घाखाँचीका सेक्रेटरी मिसन सी र संचालन विजय सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।