५ आश्विन २०८१, शनिबार

नेकपाका पिविएम सुबासद्धारा महासचिव विप्लव मार्फत पार्टीलाई २५ हजार सहयोग

0

कपिलबस्तु । नेपाल कम्युनिष्ट पार्टीका उत्पादन विभागका सदस्य तथा पिविएम सुबास सीले आफ्नै खेतमा उत्पादन गरेको सुन्तला र कागती बेचर आम्दानी गरेको नगद रु २५ हजार महासचिव विप्लव मार्फत पार्टीलाई सहयोग गरेका छन ।

पोलिट व्यूरो सदस्य सुबासले आईतवार पार्टीको केन्द्रीय कार्यालय कपिलबस्तुमा महासचिव विप्लव र प्रवक्ता प्रकाण्डको उपस्थितिमा महासचिवलाई नगद रु २५ हजार हस्तान्तरण गरेर सहयोग गरेका हुन ।

महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले सहयोग रकम ग्रहण पछि पार्टीको तर्फबाट पिविएम सुबासलाई हार्दिक धन्यवाद व्यक्त गरेका थिए ।

सो अवसरमा पिविएम सुबासले आफ्नै खेतमा उत्पादन गरेको सुन्तला र कागती गरी करिब ५० केजी फलफुल महासचिव विप्लव,प्रवक्ता प्रकाण्ड सहित अन्य नेता तथा कार्यकर्तालाई वितरण गरेका छन ।

नेकपाका पिविएम सुबासले आफ्नो जन्मघर रोल्पाको माडी गाउँपालिका वडा नम्वर ५ भावाङ्गमा करिव २ रोपनी बढी जग्गामा १२ सयजति सुन्तला र कागती रोपेर उत्पादनको काम गर्दै आएका छन ।

पिविएम सुबासले आफुले २०७१ सालमा सुन्तला र कागतीको बेर्ना रोपेको र केही वर्ष यता फल्न सुरु गरेको बताएका छन । उनले व्यवसायीक फलफुल खेतिबाट बार्षिक ६ लाख बढी आम्दानी हुने गरेको जनपत्रिका डट्कमलाई जानकारी गराएका छन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।