५ आश्विन २०८१, शनिबार

नेकपाद्धारा रुकुम र सल्यानमा २०८ अस्थायी आवास निर्माण गरी १,०४० भूकम्प पीडितलाई पूनस्र्थापना

0

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टीले भूकम्प प्रभावित जिल्ला रुकुम पश्चिम र सल्यानमा २०८ वटा अस्थायी आवास निर्माण गरी १ हजार ४० जना भूकम्प पीडितलाई पूनस्र्थापना गरेको जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका राप्ती ब्यूरो इन्चार्ज सविन सीले आईतवार एक प्रेश विज्ञप्ति जारी गरी भूकम्प पीडित एकीकृत जनसाहयता अभियान मार्फत भूकम्प प्रभावित जिल्ला रुकुम पश्चिम र सल्यानमा हाल सम्म २०८ अस्थायी आवास निर्माण गरी १ हजार ४० जना पीडितलाई पूनस्र्थापना गरिएको जनाएका हुन ।

नेकपाले जारी गरेको बिज्ञप्तिमा रुकुम पश्चिममा १५६ र सल्यान जिल्लामा ५२ गरी कुल २०८ अस्थायी आवास निर्माण गरेको उल्लेख गरेको छ ।
नेकपाले सल्यान र रुकुममा १०० भन्दा बढी भत्किएका घरको व्यवस्थापन गरेको, रुकुम पश्चिम आठबिसकोट १३ स्थित जनजागरण माध्यामिक बिधालयको भत्किएको भवन व्यवस्थापन गरेर अस्थायी कक्षाकोठाहरु निर्माण गरेको र १२० जना बिद्यार्थीलाई अस्थायी कक्षाकोठामा सारिएको पनि जनाएको छ ।

नेकपाले विज्ञप्तिमा उद्धार, राहत र अस्थायी आवास निर्माण गरी तिन चरणमा अभियान चलाइएको र सबै अभियानमा पार्टीका महासचिव विप्लव सीको निर्देशनमा रोल्पा , दाङ–देउखुरी , कपिलवस्तु , रुपन्देही , नवलपरासी , नवलपुर , पाल्पा , गुल्मी , अर्घाखाँची, प्युठान, भूकम्प प्रभावित जिल्ला पश्चिम रुकुम , सल्यानका गरी ४५० भन्दा बढी स्वयंसेवकहरु काममा अहोरात्र खटिएको जनाईएको छ ।

गत कार्तिक १७ गते राती ११ः४७ बजे जाजरकोट जिल्लाको रामीडाँडालाइ केन्द्र विन्दु बनाएर गएको बिनाशकारी भुकम्पले जाजरकोट ,पश्चिम् रुकुम र सल्यानमा ठुलो मानवीय तथा भौतिक सम्पतिको क्षति पुर्याएको थियो ।

भूकम्प गयलगत्तै नेकपाका महासचिव विप्लव सीले गहिरो दुख व्यक्त गर्दै उद्धार,राहत र पूनर्निर्माणको काममा खटिन सिंगो पार्टीपंक्तिलाई निर्देशन दिएका थिए ।

महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड आफै पनि कार्तिक २४ गते आफ्नै खाद्य भण्डारको चामल सहित विभिन्न सहयोगी मनहरुले उपलब्ध गराएको एक कन्टेनर राहत सामाग्री लिएर भूकम्प प्रभावित क्षेत्र जाजरकोट , रुकुम पश्चिम र सल्यानमा पुगेर स्थानीय सरकार र प्रमुख जिल्ला अधिकारी मार्फत जनतासम्म पुर्याउने गरि राहत हस्तान्तरण गरेको विज्ञप्तिमा जनाईएको छ ।

नेकपाले जाजरकोट च्युरीडाँडाका भूकम्प पीडित कले विकको घर निर्माण गरेको,रुकुम पश्चिम घेत्माका आफन्त गुमाएका जनताको दुख , पीडा र शोकमा सहभागी भएको, आठविसकोट छेपारेका भूकम्प पीडित मान वहादुर विकको अस्थायी आवास निर्माण गरी अस्थायी आवास निर्माणको सुरुवात महासचिव विप्लव सीबाटै सुरु गरी कामको थालनी भएको जनाएको छ ।

नेकपाले राहत सामग्री पार्टीका पिबिएम असल सी , राप्ती ब्यूरो इन्चार्ज सविन सी , केन्द्रीय सदस्यहरु सम्झना सी , प्रदिप सी र चन्द्र सीको प्रत्यक्ष सहभागितामा रुकुम पश्चिमका भूकम्प पीडितलाई वितरण गरिएको , घाइतेहरुलाई उपचार सहायता उपलब्ध गराइएको साथै केही राहत सामग्री सल्यानका भूकम्प पीडितलाई उपलब्ध गराउने गरी पार्टीका सल्यान जिल्ला सचिव मदन सीलाई हस्तान्तरण गरिएको बिज्ञप्तिमा उल्लेख गरेको छ ।

नेकपाले तेस्रो चरणको पहिलो सिफ्टको काम मंसिर ३० गते सम्पन्न भएको र सो अवधिमा पूर्वी लुम्बिनी ब्युरोबाट इन्चार्ज पोलिटब्युरो सदस्य बसन्त सीको नेतृत्वमा सल्यान र पश्चिम लुम्बिनी ब्युरोको तर्फबाट केन्द्रीय सदस्य जागृती सीको नेतृत्वमा रुकुम पश्चिममा अस्थायी आवास निर्माणको प्रत्यक्ष नेतृत्व गरिएको उल्लेख गरेको छ ।

नेकपाले विज्ञप्तिको अन्त्यमा अभियान निरन्तर जारी रहने जनाउदै अभियानमा सहयोग गर्ने , सहभागी हुने,प्रेरणा दिने , सहानुभूति दिने , सद्भाव कायम गर्ने र भूकम्प पीडित जनताको पिडामा मलम लगाउने सबैलाई सम्मानपूर्वक अभिवादन सहित धन्यवाद व्यक्त गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।