कपिलबस्तु । नेकपाको शिबगढाीमा जारी पोलिट ब्यूरो बैठकमा १ दर्जन पोलिट ब्यूरो सदस्यहरुले धारणा राखेका छन ।
नेकपाका महासचिव विप्लवले पेश गरेको केन्द्रीय समितिको विशेष बैठकको राजनीतिक र सङ्गठनात्मक प्रस्ताव “विशेष परिस्थितिको विशेष कार्यभार,दृढताका साथ पुरा गरौं” माथि करिब १ दर्जन पोलिट ब्यूरो सदस्यहरुले धारणा राखेका हुन ।
धारणा राख्ने पोलिट ब्यूरो सदस्यहरुले महासचिवको प्रस्ताव ठोश परिस्थितिको ठोश विश्लेषण गरेर आएको भन्दै सहमति जनाएका छन ।
आज विहान करिब साढे ९ बजेबाट सुरु भएको पोलिट ब्यूरोको बैठक खाना खानकालागि १२ बजे स्थगित भएको थियो । तर पोलिट ब्यूरो बैठक पछि बस्ने गरी स्थगित गरेर दुई बजेबाट केन्द्रीय समितिको बैठक बस्न लागेको छ ।
प्रतिक्रिया दिनुहोस्