४ जेष्ठ २०८१, शुक्रबार

नेकपाको पोलिट ब्यूरो बैठकमा आधा सदस्यहरुले धारणा राखे

0

कपिलबस्तु । नेकपाको शिबगढाीमा जारी पोलिट ब्यूरो बैठकमा १ दर्जन पोलिट ब्यूरो सदस्यहरुले धारणा राखेका छन ।

नेकपाका महासचिव विप्लवले पेश गरेको केन्द्रीय समितिको विशेष बैठकको राजनीतिक र सङ्गठनात्मक प्रस्ताव “विशेष परिस्थितिको विशेष कार्यभार,दृढताका साथ पुरा गरौं” माथि करिब १ दर्जन पोलिट ब्यूरो सदस्यहरुले धारणा राखेका हुन ।

धारणा राख्ने पोलिट ब्यूरो सदस्यहरुले महासचिवको प्रस्ताव ठोश परिस्थितिको ठोश विश्लेषण गरेर आएको भन्दै सहमति जनाएका छन ।

आज विहान करिब साढे ९ बजेबाट सुरु भएको पोलिट ब्यूरोको बैठक खाना खानकालागि १२ बजे स्थगित भएको थियो । तर  पोलिट ब्यूरो बैठक पछि बस्ने गरी स्थगित गरेर दुई बजेबाट केन्द्रीय समितिको बैठक बस्न लागेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।