५ आश्विन २०८१, शनिबार

नेकपाको केन्द्रीय समिति बैठकमा स्थायी समितिका सदस्यद्धारा धारणा राख्नेक्रम सुरु

0

कपिलबस्तु । नेपाल कम्युनिष्ट पार्टीको शिवगढीमा जारी नवौं केन्द्रीय समितिको विशेष बैठक बुधवार विहान ९ बजेबाट सुरु भएको छ ।
बैठकमा स्थायी समितिका सदस्यहरुले महाचिव विप्लवले पेश भएको दस्तावेज लगायत समग्र विषय बस्तुमाथि धारणा राख्नेक्रम सुरु भएको छ ।

स्थायी समितिका सदस्यहरु शुशील सी,भरत सी,शिलु सी,अनिल सी, सन्तोस सी,प्रवक्ता प्रकाण्ड सीले धारणा राख्ने छन ।

सबै स्थायी समितिका सदस्यहरुको धारणा प्रस्तुतपछि महासचिव विप्लवले बैठकलाई सम्बोधन गर्ने बताईएको छ ।

सोमबारबाट सुरु भएको बैठकमा महासचिव विप्लव सीले “विशेष परिस्थितिको विशेष कार्यभार,दृढताका साथ पुरा गरौं” भन्ने शिर्षकको राजनीतिक तथा सङ्गठनात्मक प्रस्ताव पेश गरेका थिए ।

प्रस्तावमाथि केन्द्रीय समितिका सदस्यहरुले समूहगत छलफल गरी समूह नेताहरु मार्फत मंगलवारको बैठकमा सुझावहरु पेश गरेका छन ।

बैठकमा १२ बटा समूहका नेताहरु केन्द्रीय सदस्य भगत सी, सरद सी, संगम सी, वाटर सी, जागृती सी, योद्धा सी,विवेक सी, विन्दु सी, देव सी,राजकुमारी सी, सुशील सी र होम सीले समूहगत सुझाब पेश गरेका थिए ।

उनीहरु सबैले एमसीसी,पक्राउ पूर्जी र एनसेल काण्ड विरुद्ध पार्टीले थप सङ्घर्षका कार्यक्रम ल्याउनु पर्ने सुझाब दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।