६ जेष्ठ २०८१, आईतवार

नेकपाका महासचिव विप्लवलाई रुपन्देही जिल्लाद्धारा कर्कटपाता हस्तान्तरण

0

कपिलबस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीलाई नेकपा पूर्व र पश्चिम रुपन्देही जिल्लाले ८ बण्डल कर्कटपार्ता हस्तान्तरण गरेको छ ।

नेकपाको केन्द्रीय कार्यालय शिवगढीमा बुधवार विहान एक कार्यक्रमका बिच कर्कटपाता हस्तान्तरण गरिएको हो ।

महासचिव विप्लवलाई नेकपा रुपन्देही पूर्व र पश्चिम जिल्लाा इन्चार्ज सरद सी र विश्वास सीले कर्कटपाता हस्तान्तरण गरेका हुन ।
सो अवसरमा महासचिव विप्लवले रुपन्देही जिल्ला पार्टीलाई हार्दिक बधाई सहित धन्यवाद व्यक्त गरेका छन ।

महासचिव विप्लवले सामूहिक कामका लागि सहयोग गर्नु सकरात्मक पक्ष भएको भन्दै अरु जिल्ला पार्टीलाई पनि प्रेरणा मिलेको बताएका छन ।
कर्कटपातालाई जनकम्युनमा बस्ने नेता तथा कार्यकर्ताहरुको अस्थायी आवास छाउनमा प्रयोग गरिने नेकपा केन्द्रीय कार्यालय श्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।