२५ बैशाख २०८१, मंगलवार

कञ्चनपुरमा युवा विद्यार्थी जागरण अभियान व्यापक

0

कञ्चनपुर: नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले गत मंसिर २८ गते सुरु गरेको युवा विद्यार्थी जनजागरण अभियानलाई तीव्रताका साथ अघि बढाएको छ । जिल्लाका विभिन्न पालिकाहरुका विद्यालय, क्याम्पस तथा टोलहरुमा युवा- विद्यार्थीको कमिटी विस्तारलाई निरन्तरता दिएको जनाइएको छ ।

अभियानका क्रममा जिल्लाको भीमदत्त नगरपालिका १० मा चित्रांश सीको नेतृत्वमा २१ सदस्यीय सी क्लब गठन गरिनुका साथै अखिल (क्रान्तिकारी) ले जिल्लाको बेदकोट स्थितको घटाल मा.वि., बैजनाथ मा.वि.,शारदा मा.वि. त्यसैगरी भीमदत्त नगरपालिका स्थित भृकुटी मा.वि.,बलजागृती क्याम्पस, वारिधी क्याम्पस, बैजनाथ मा.वि., तथा दोधारा चाँदनी नगरपालिका स्थित भानु क्याम्पस, शारदा सरस्वती मा.वि. लगायत अन्य थुप्रै विद्यालय र क्याम्पसहरूमा कमिटी विस्तार गरेको अखिल (क्रान्तिकारी) महाकाली ब्युरो इन्चार्ज शंकर सीले बताए ।

मुख्य गरी पार्टीको विचारलाई सम्प्रेषण गर्न र युवा विद्यार्थीलाई संगठित गर्नका लागि अभियान सुरु भएको नेकपा कञ्चनपुर सचिव प्रकाश सीले बताए । क्याम्पसहरूमा र टोलहरुमा युवा विद्यार्थीमा जागरण पैदा गरी देशमा मौलाएको सामाजिक विकृति विसंगतिको विरुद्धमा लड्ने शक्ति यो जागरण अभियानले थप हुने हाम्रो विश्वास छ, उनले भने ।

अभियानमा जिल्ला सचिव प्रकाश सी, अखिल क्रान्तिकारी महाकाली ब्युरो इन्चार्ज शंकर सी, अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य ललित र जिल्ला संयोजक अनिल सीलगायत नेताकार्यकर्ताहरु खटिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।