५ आश्विन २०८१, शनिबार

महासचिव विप्लवको राजनीतिक तथा सङ्गठनात्मक प्रस्ताव सर्बसहमत पारित

0

कपिलबस्तु । नेपाल कम्युनिष्ट पार्टीको जारी केन्द्रीय समितिको विशेष बैठकमा पेश भएको महासचिव विप्लवको राजनीतिक तथा सङ्गठनात्मक प्रस्ताव बुधबार सर्बसहमत पारित भएको छ ।

केन्द्रीय सदस्यहरुले पेश गरेका सुझाव माथि महासचिव विप्लवले जवाफ दिएपछि राजनीतिक तथा सङ्गठनात्मक प्रस्ताव सर्बसहमत पारित भएको हो ।

बुधवार विहान ९ बजेबाट सुरु भएको केन्द्रीय समितिको बैठक खाना खानको लागि साढे १ बजे स्थगित भएको छ । प्रस्ताव माथिको जवाफमा महासचिब विप्लवले सम्बोधन गर्दै सरकारको भनाई र गराईमा केही अन्तर भएको बताएका छन ।

बैठकमा स्थायी समितिका सदस्य सबैले बोल्ने भनिएपनि स्थायी समितिका तर्फबाट प्रवक्ता प्रकाण्डले सम्बोधन गरेका छन ।

सोमबारबाट सुरु भएको बैठकमा महासचिव विप्लव सीले “विशेष परिस्थितिको विशेष कार्यभार,दृढताका साथ पुरा गरौं” भन्ने शिर्षकको राजनीतिक तथा सङ्गठनात्मक प्रस्ताव पेश गरेका थिए ।

प्रस्तावमाथि केन्द्रीय समितिका सदस्यहरुले समूहगत छलफल गरी समूह नेताहरु मार्फत मंगलवारको बैठकमा सुझावहरु पेश भएको थियो ।

राजनीतिक तथा सङ्गठनात्मक प्रस्ताव पारित भएपछि अब बैठकका बाँकी एजेण्डामाथि छलफल हुने नेकपाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।