८ पुष २०८१, सोमबार

दलाल व्यवस्थाको संकट टार्न र नेकपालाई कमजोर बनाउन साम्राज्यवादी षड्यन्त्र भयोः प्रकाण्ड सी

0

कपिलबस्तु । नेकपाका प्रवक्ता प्रकाण्ड सीले दलाल व्यवस्थाको संकट टार्न र नेकपालाइ कमजोर बनाउन साम्राज्यवादी षड्यन्त्र बढिरहेको बताएका छन ।

नेकपाको जारी केन्द्रीय समितिको बैठकलाई बुधवार सम्वोधन गर्दै नेकपाका प्रवक्ता प्रकाण्ड सीले साम्राज्यवादी षड्यन्त्रको नयाँ अभ्यास अदालतको पक्राउ पूर्जीबाट देखिएको बताएका हुन ।

उनले भने “साम्राज्यवादले एकातिर हाम्रा विरुद्ध षड्यन्त्र गरिहेकाको छ भने अर्केतिर यो व्यवस्थामा आएको संकट टार्न आफ्नो कट्टर प्रतिनिधि खोजिरहेको छ । त्यसका लागि अहिलेका पात्रको ठाउँमा नयाँ पात्र खोजिरहको छ ।”

प्रवक्ता प्रकाण्डले चुनौतीहरुको सामना गर्ने क्रान्तिकारी कम्युनिष्ट पार्टी नेकपा मात्रै देखिको भन्दै यस विरुद्ध दलाल साम्राज्यवादी षड्यन्त्र नयाँ –नयाँ तरिकाले आईरहेको बताए ।

‘हाम्रो आन्दोलनलाई सानो तिनो षड्यन्त्रले कमजोर पार्न सकिदैन भन्ने दलाल पूँजीवादको पनि निश्कर्ष छ,’ प्रवक्ता प्रकाण्डले भने, “अदालत त खालि माध्यम मात्र हो । मुख्य कुरा साम्राज्यवादको योजना छ । साम्राज्यवाद नेपाली क्रान्तिका विरुद्ध आइरहेको छ । दलाल व्यवस्थाको संकटलाई आफ्ना उचित पात्र मार्फत देशमाथि हस्तक्षेत्र गर्न चाहान्छ ।”

उनले अहिलेको संकटलाई समाधान गर्न नेपाली विशेषताको समाजवाद हुने बताए । उनले त्यसका लागि आफ्नो संगठनलाई सुदृढ गर्नेुपर्ने विचार व्यक्त गरे ।

उनले अदालतको कदम समाजवादी क्रान्ति र मोर्चा विरुद्ध चालिएको षड्यन्त्र भएको पनि ठोकुवा गरे । उनले अहिलेको संकट समाधानको मिशन २०८४ नभएर क्रान्ति र समाजवाद भएको बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।