५ आश्विन २०८१, शनिबार

समाजवाद विरोधी पहिचानको नारा पुँजीवादी नारा होः विप्लव सी

0

कपिलबस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले समाजवाद विरोधी पहिचानको नारा पुँजीवादी नारा भएको बताएका छन ।

उनले नेकपाको जारी केन्द्रीय समितिको बुधवारको बैठकलाई सम्वोधन गर्दै समाजवाद विरोधी पहिचानको नारा पुँजीवादी नारा भएको बताएका हुन ।

महासचिव विप्लवले भने ‘पहिचानको कुरा गर्ने कम्युनिष्ट व्यवस्था र समाजवादको विरुद्ध जाने चिन्तन अग्रगमन र स्वतन्त्र धारा होइन । यो प्रगति र समृद्धि तथा स्वतन्त्रता विरोधी पुँजीवाद हो ।’

महासचिव विप्लवले केन्द्रीय समितिका सदस्यहरुको ज्ञिज्ञासाको जवाफ दिनेक्रममा समाजवाद विनाको पहिचान सम्भव नहुने पनि बताए । केन्द्रीय समितिको विशेष बैठक जारी छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।