११ पुष २०८१, बिहीबार

समाजवादी मोर्चाद्धारा प्रतिक्रान्तिकारी र प्रतिगामी षड्यन्त्र विरुद्ध प्रतिबाद गर्ने निर्णय

0

काठमाडौं । समाजवादी मोर्चा नेपालले क्रान्ति र आन्दोलनका उपलब्धिमाथि प्रतिक्रान्तिकारी र प्रतिगामी शक्तिहरुबाट षड्यन्त्र भईरहेको भन्दै त्यसको प्रतिबाद गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मोर्चाको बुधवार साँझ बसेको बैठकले क्रान्ति र आन्दोलनका उपलब्धिमाथि प्रतिक्रान्तिकारी र प्रतिगामी शक्तिबाट षड्यन्त्र भईरहेको भन्दै त्यसको प्रतिबाद गर्ने निर्णय गरेको हो ।

बैठकमा नेपालको राष्ट्रिय राजनीति निकै गम्भीर अवस्थामा पुगेको मोर्चाले ठहर गर्दै प्रतिक्रान्तिकारी तथा प्रतिगामीहरुको षड्यन्त्र परास्त गर्न समाजवादी मोर्चालाई थप प्रभावकारी बनाउनु पर्ने र नेपाललाई नेपाली विशेषताको समाजवादमा लैजानुपर्ने निर्णय गरेको छ ।

बैठकले समाजवादी मोर्चाको एक घटक नेपाल कम्युनिष्ट पार्टीका नेतामाथि काठमाडौं जिल्ला अदालतले जारी गरेको पक्राउ पूर्जी आपत्तिजनक भएको भन्दै नेकपाका नेता कार्यकर्तामाथिका झुट्टा मुद्धा राजनीतिक दृष्टिकोणले समाधान खोज्नुपर्ने निर्णय गरेको छ ।

मोर्चाले सरकारले समेत तीन बुँदे सहमति गरेर खुल्ला राजनीतिमा आएको नेकपामाथि पुरानो मुद्धाहरु व्यूताएर फेरी द्धन्द्ध फैलाउने कुरा जाहेज नभएको निश्कर्ष निकालेको छ । सरकारले यस विषयलाई गम्भीरता पूर्वक लिएर समस्याको समाधान खोज्नतिर लाग्न मोर्चाले आग्रह गर्ने निर्णय गरेको छ ।

यस्तै मोर्चाले आगामी दिनमा सरकारका कामहरु जनताको पक्षमा प्रभावकारी बनाएर लैजान पनि सरकारलाई अनुरोध गरेको छ ।

समाजवादी मोर्चाको बैठकमा नेताहरुले अहिले सम्म मोर्चाले गरेका काम कार्वाहीको बारे रिपोटिङ्ग पेश गर्दै मोर्चाको पहिलो चरणको कार्यक्रमले पार्टी ेनेता,कार्यकर्ता र जनतामा ठुलो उत्साह ल्याएको निश्कर्ष निकालेका छन ।

बैठकले मोर्चालाई थप प्रभावकारी बनाउन पुस महिना भित्रै जिल्ला तहमा मोर्चा गठन गर्न बाँकी ३० जिल्लामा समाजवादी मोर्चा गठन गर्ने निर्णय गरेको छ । मोर्चाले अहिले सम्म देशभर ४७ जिल्लामा समाजवादी मोर्चा नेपाल गठन गरेको पनि जानकारी गराएको छ ।

मोर्चाको बैठकले आगामी माघको पहिलो र दोस्रो सातामा काठमाडौंमा दुईवटा ठुला कार्यक्रम गर्ने पनि निर्णय गरेको मोर्चाका सचिवालय सदस्य तथा नेकपाका प्रवक्रा प्रकाण्ड सीले जानकारी दिएका छन ।

बैठकमा नेकपा (माओवादी केन्द)्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड),नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल,नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी,प्रवक्ता प्रकाण्ड सी,जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत मोर्चाका दोस्रो तहका नेताहरुको सहभागिता रहेको थियो । यसअघि मोर्चाको बैठक आज विहान समेत बसेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।