५ आश्विन २०८१, शनिबार

नेकपा उत्तर बाँकेद्धारा दुई महिने अभियान संचालन गर्ने निर्णय

0

बाँके । नेपाल कम्युनिष्ट पार्टी उत्तर बाँकेले जिल्लामा ‘पार्टी संगठन सुदृढ तथा विस्तार,राज्य षड्यन्त्रको भण्डाफोर’ नामको दुई महिने अभियान संचालन गर्ने निर्णय गरेको छ ।

बुधवार नेकपाको कोहलपुर पार्टी कार्यालयमा बसेको जिल्ला समितिको विशेष बैठकले यस्तो निर्णय गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टीको हालै सन्पन्न केन्द्रीय समितिको विशेष बैठकले ल्याएको दुई महिने अभियानलाई जिल्ला समितिको बैठकले आत्मसात गरी जिल्लाभर लागु गर्ने निर्णय गरेको नेकपा उत्तर बाँकेले जनाएको छ ।

अभियान उत्तर बाँकेको नरैनापुर गाउँपालिकाबाट सुरु गरिने नेकपाले जनाएको छ । बाँके जिल्लाका ४ वटा स्थानीय तहमध्य नरैनापुर गाउँपलिका,राप्ती सोनारी गाउँपालिका,कोहलपुर नगरपालिका र वैजनाथ गाउँपालिका उत्तर बाँके जिल्लामा राखिएका छन ।

नेकपाले यी सवै स्थानीय तहहरुका दुई महिने अभियान संचालन गर्ने निर्णय गरेको हो । बैठकमा नेकपाका केन्द्रीय सदस्य तथा उत्तर बाँके जिल्ला इन्चार्ज रणदिप सीले नेकपाको लोकप्रियताबाट अत्तालिएका दलाल तथा साम्राज्यवादी शक्तिहरुले नेकपाका नेतामाथि पक्राउ पूर्जी जारी गरेको बताए । उनले नेपालमा नेपाली विशेषताको समाजवाद विना देशको मुक्ति नहुने बताए ।

बैठकमा नेकपाका केन्द्रीय सदस्य नारायण सीले समाजवादी मोर्चाबाट विप्लव स्थापित भयो भनेर पक्राउ पूर्जी जारी गरिएको आरोप लगाए ।
उनले हरेक जनतालाई राज्यका निकायले जुका जस्तै सोस्नेकाम गरेको पनि बताए ।

बैठकमा जनपत्रकार संगठन नेपालका केन्द्रीय सचिव वसन्त विकको आतिथ्यता रहेको थियो । नेकपा उत्तर बाँके सेक्रेटरी कल्पना सीको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्ला समितिका सदस्यहरुको सहभागीता रहेको थियो ।

 

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।