९ पुष २०८१, मंगलवार

अहिले नेकपाको नीति लागु गर्न सक्ने संगठन बनेको छ : घनश्याम पाठक

0

हाम्रा शिक्षक साथीहरु प्रतिबन्धको बेला ३८ जना गिरफ्तार पर्नुभयो । राज्यले दमन र धरपकडलाई तीब्रता दियो । हामीले त्यसलाई सामना गर्यौं । पार्टी विभाजनमा दुईजना कमरेडहरु बाहेक सबै कमरेडहरु दायाँबाँया भएनौं । हामीले संगठनलाई बचायौं । म आफ्नो कार्यकालमा संगठन विभाजन भएको देख्न चाहदैनथेँ । अहिले केन्द्रीय महाधिवेशन सम्पन्न भइसकेको छ । नेकपा विभाजन हुँदा शिक्षकहरुमा केही आशंकाहरु पैदा भएका थिए । तर अहिले नेकपाको नीति, योजना र कार्यक्रम कार्यान्वयन गर्न सक्ने टिम निर्माण गरेका छौं । सही र गलत के हो ? यसको वास्तविकता पुष्टि हुने समय पाक्नुपर्दो रहेछ ।
शिक्षकहरुलाई कमजोर ठान्नु हुँदैन । शिक्षकहरु हज्जारौ विद्यार्थी, अभिभावकसँग जोडिएको हुन्छन् । यसलाई व्यवस्थित गर्नुपर्छ । अहिले जनताले कुरा होइन, परिणाम खोजिरहेका छन् । विकल्प खोजिरहेको जनतालाई क्रान्तिकारी धारमा जोड्नुपर्छ ।
कम्युनिस्ट भनेको फराकिलो हुनुपर्छ । त्यसो नगरे क्रान्ति साँघुरिदै जान्छ । हामीले फराकिलो दृष्टिकोण बनाउनुपर्छ । तब मात्र पार्टी कार्यदिशा र लाइनलाई पुरा गर्न सकिन्छ ।
(माओ दिवसको अवसरमा बुटवलमा आयोजित कार्यक्रममा मन्तब्यको सम्पादित अंश)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।