२ जेष्ठ २०८१, बुधबार

पक्राउ पुर्जी अमेरिकी डिजाइनमा आएको हो : विनोद सी

0

नेपाली विशेषताको क्रान्तिमा हामी लागिरहेको छौं । नेपाल कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले अगाडी बढाउनुपर्छ । समय परिस्थिति अनुसार अगाडी बढ्न सकेन भन्ने भ्रममा पर्नुहुँदैन । पहाडका साथीहरुले मधेशका साथीहरुलाई क्रान्तिमा जोड्नुपर्छ । मधेशका साथीहरु जनताका बीचमा जानुपर्छ । जनतासित भावानात्मक र विचारका रुपले जोडिनुपर्छ । सक्रियता थप बढाउनुपर्छ । कम्युनिस्ट पार्टीले राष्टियताको बिषयलाई प्रधान बनाउनुपर्छ । राष्टियता, जनतन्त्र र जनजीविकालाई नेकपाले प्रमुख एजेण्डा बनाएको छ । मधेश आधा धर्तीका मान्छे बसेको ठाउँ हो ।
अहिलेको संविधान हटाउनुपर्छ । पुरानोतिर र यथास्थितिमा होइन, अगाडी जानुपर्छ । समाजवादी मोर्चामा मित्रशक्तिलाई जोड्नुपर्छ र दलाल पुँजीवादविरुद्ध संघर्ष गर्नुपर्छ । अन्तर्राष्टिय रुपमा अन्तरविरोध चर्किएको छ । विदेशी हस्तक्षेप र चलखेललाई रोक्न संघर्ष गर्नुपर्छ । एमसीसी खारेज गर्नुपर्छ । नेपाली विशेषताको समाजवादी संविधान बनाउनका लागी सबै जनतालाई क्रान्तिमा जोड्नुपर्छ । पक्राउ पुर्जी अमेरिकी डिजाइनमा आएको हो । यसलाई खारेज गर्नुपर्छ । यसलाई संघर्षले खारेज गर्नुपर्छ ।
(माओ दिवसको अवसरमा बुटवलमा आयोजित कार्यक्रममा मन्तब्यको सम्पादित अंश)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।