कपिलबस्तु । नेपाल कम्युनिष्ट पार्टीका पोलिट ब्यूरो सदस्य तथा केन्द्रीय कार्यालय सचिव विजय सीले नेपाली जनताको दुश्मन भनेको दलाल पुँजीवाद र साम्राज्यवाद भएको बताएका छन ।
बुधवार नेकपा पश्चिम कपिलबस्तु जिल्लाको चौथों पूर्ण बैठकलाई सम्बोधन गर्दै यस्तो कुरा बताएका हुन । नेता विजयले दलाल पुँजीवाद र साम्राज्यवादलाई परास्त नपारे सम्म नेपालमा समाजवादी व्यवस्था स्थापना नहुने बताए । उनले अहिलेको आवश्यकता समाजवादी मोर्चाले अगाडि सारेको नेपाली विशेषताको समाजवाद भएको जिकिर गरे ।
नेकपाका केन्द्रीय सदस्य तथा पश्चिम कपिलवस्तु जिल्ला इन्चार्ज हेमन्त सीले पार्टी जन्ताको माझ अझै नपुगेको बताए । उनले अबको दुई महिने अभियान र योजनामा पार्टी जनताको साथमा जाने बिस्वास ब्यक्त गरे ।
बैठकमा केन्द्रीय प्रतिनिधि समिति सदस्य सुस्मा सी, जिल्ला सल्लाहकार हिमाल सी र सहिद प्रतिस्ठान समितिका अध्यक्ष भेग ब थापाको पनि आतिथ्यता रहको थियो । पश्चिम कपिलवस्तु जिल्ला सचिव पावेल सीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । जिल्लामा दुई महिने अभियान संचालन गर्ने निर्णय गर्दै बैठक बुधवार नै सकिएको छ ।