५ आश्विन २०८१, शनिबार

दलाल पूँजीवाद विरुद्ध समाजवादी मोर्चाले जनसभासहित अन्तरक्रिया गर्ने 

0

काठमाडौँ – सत्तारूढ दलहरुसहित ४ पार्टी सम्मिलित समाजवादी मोर्चाले दलाल पूँजीवाद विरुद्ध जनसभासहित अन्तरक्रिया गर्ने भएको छ ।

बुधबार बालुवाटारमा बसेको समाजवादी मोर्चाको संयुक्त बैठकले प्रतिगमन, विदेशी हस्तक्षेप र भ्रष्टाचार विरुद्ध लड्ने प्रतिवद्दतासहित दलाल पूँजीवाद विरुद्ध जनसभा गर्ने भएको हो ।

चार पार्टीहरु सम्मिलित समाजवादी मोर्चा नेपालको बुधबार सम्पन्न बैठकले विदेशी हस्तक्षेप, प्रतिगमनकारी हर्कत र दलाल पूँजीवाद विरुद्ध सङ्घर्ष गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको चार दलीय सचिवालयको बैठकले माघ पहिलो साता देशको समसामयिक राजनीतिक विचार र विकासको बटमलाइन निकाल्ने गरी अन्तरक्रिया समेत गर्ने भएको छ ।

त्यसैगरी माघ दोश्रो साता जनपरिचालन गर्ने उदेश्य अनुरुप जनसभाहरु गर्ने निर्णय भएको मोर्चाको बैठकमा सहभागी नेकपाका प्रवक्ता प्रकाण्ड सीले बताएका छन् ।
प्रवक्ता प्रकाण्ड सीका अनुसार प्रचण्डसहितका नेताहरूले राजतन्त्र र हिन्दु धर्मको विषयमा भारत र एमसीसी तथा क्रिश्चियन धर्मको विषयमा अमेरिकाले दबाव तथा षड्यन्त्र तीव्र पारेकोले संयुक्त रूपमा प्रतिरोध गर्नुपर्ने कुरामा एकमत भएको बुझिएको छ ।

नेकपाका महासचिव विप्लव सीले भ्रष्टाचार नियन्त्रणबाहिर गएको, सुशासन नभएको र त्यसबाट प्रतिगमन तथा विदेशी हस्तक्षेप बढेको बताएपछि प्रम प्रचण्ड र मोर्चाका अध्यक्ष माधव कुमार नेपालले सबै भन्दा भ्रष्टाचार वडा पालिकामा भएकोले गाउँगाउँमा सिंहदरबार भन्ने नारा असफल भएको गुनासो राखेको स्रोतको दाबी छ ।

त्यस्तै नेकपाका नेताहरूले अदालतद्वारा जारी पक्राउ पूर्जीको विषयमा सरकारको धारणा मागेका थिए । पूर्व सरकारको अविछिन्न उत्तराधिकार रहेको कारण ओली सरकार र नेकपाबिच भएको ३ बुँदे सहमति कार्यन्वयन गर्ने प्रतिवद्दता दोहोर्याएको बताइएको छ । राजनीतिक विषयमा सहमति कार्यान्वयन गर्ने प्रतिवद्धता न्यायिक निकास जारी गर्न नेकपाले आग्रह गरेको र प्रम प्रचण्डले पेस गर्ने नमुना विषयमा आजभोलि नै पक्राउ पूर्जीको विषय स्पेयर, गर्नेगरी कुनै सार्वजनिक कार्यमार्फत धारणा राख्ने सहमति भएको बताइएको छ ।

समाजवादी मोर्चाको नेतृत्वको समयसीमा माधव नेपालको समाप्त भएको अवस्थामा नेकपाकै नेतृत्वले निरन्तरता पाउनुले आशंका पैदा भएको छ । चक्रिय प्रणाली अन्तर्गत प्रचण्डको पालो भएको तर प्रचण्ड प्रधानमन्त्री भएका कारण उनले नेतृत्व समाल्न अव्यवहारिक हुन्छ । विप्लवलाई नेतृत्व दिन प्रचण्ड हिचकिचाइरहेको कारण समाजवादी मोर्चाको नेतृत्वको विषय ब्रेक थ्रू हुन नसकेको नेकपाका स्थायी समिति सदस्य तथा प्रचार र प्रकाशन विभाग इञ्चार्ज अनिल विरहीले बताएका छन् ।

मोर्चाको नेतृत्वको विषयमा आगामी बैठकमा निर्णय गर्ने बताइएको छ । मोर्चाको सकारात्मक प्रभाव परेको कारण बाँकी ३० जिल्लामा पनि जिल्ला स्तरिय  संरचना शिघ्र गठन गर्ने निर्णय भएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।