५ आश्विन २०८१, शनिबार

नेकपा पूर्वी नारायणी ब्यूरोद्धारा ‘संगठन सुदृढ तथा विस्तार,राज्य षड्यन्त्रको भण्डाफोर’ अभियान संचालन गर्ने निर्णय

0

रौतहट । नेपाल कम्युनिष्ट पार्टी पूर्वी नारायणी ब्यूरोले ‘संगठन सुदृढ तथा विस्तार र राज्य षड्यन्त्रको भण्डाफोर’ अभियान संचालन गर्ने निर्णय गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी पूर्वी नारायणी ब्यूरोको बुधवार रौतहटको चन्द्रनिगाहपुरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

ब्यूरो इन्चार्ज रक्तिम सीको अध्यक्षतामा बसेको बैठकले ब्यूरोका ४५ स्थानीय तह र जिल्ला सदरमुकामहरुमा अन्तरक्रिया गर्ने, नेकपामाथि गरेको तीन बुँदे सहमति विपरित राज्यले गरेको षड्यन्त्रका विरुद्ध भण्डाफोर अभियान संचालन गर्ने निर्णय गरेको छ ।

बैठकमा ब्यूरो इन्चार्ज रक्तिमले संबोधन गर्दै दलाल तथा साम्राज्यवादी षड्यन्त्रका विरुद्ध भण्डाफोर गर्न निर्देशन दिए । उनले पार्टीलाई जनतासंग जोड्न जनताको घरदैलोमा पुग्न ब्यूरो सदस्यहरुलाई आग्रह गरे । उनले पार्टी केन्द्रले तय गरेको दुई महिने अभियानलाई ब्यूरो तहमा सक्रियतापूर्वक लागु गर्न सुझाव दिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।