५ आश्विन २०८१, शनिबार

नेकपा पूर्बी र पश्चिम उदयपुर जिल्लाद्धारा २ महिने अभियान उदघाट्न

0

उदयपुर । नेपाल कम्युनिस्ट पार्टी पूर्बी र पश्चिम उदयपुर जिल्लाले ‘संगठन सुदृढ तथा बिस्तार गरौं,राज्य षडयन्त्रको भण्डाफोर गरौ’ भन्ने मुल नारा सहित बुधवार २ महिने अभियान संयुक्त रुपमा उदघाट्न गरेका छन ।

अभियान जनताको टोल –टोल र बस्ती– बस्तीमा पुगेर एकीकृत जनक्रान्तिको कार्यदिशा जनता सम्म पुराउने, जनताको राजनीतिक आर्थिक समस्यालाई हल गर्ने, जनतालाई आत्मनिर्भर हुनको लागि उत्पादनमा जोड दिन प्रेरित गर्ने ,युवालाई बिदेश पलायनबाट रोकी आफ्नै देशमा केही गर्नु पर्छ भन्ने बाटो देखाउने जस्ता योजना लिएर उदघाट्न गरिएको छ ।

अभियानको उद्घटन गर्दै प्रमुख अतिथि ब्यूरो ईन्चार्ज शैलेश सीले साम्राज्यवादी षड्यन्त्रको भण्डाफोर गर्न दुई महिने अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा ब्यूरो ईन्चार्ज शैलेश सी, अतिथिहरुमा पार्टी केन्द्रीय सदस्य किम,पूर्बी जिल्ला ईन्चार्ज अमृत सी, पश्चिम उदयपुर जिल्ला ईन्चार्ज दुर्गा सी, भोजपुर जिल्ला सेक्रेटरी रोज सी, प्रतिनिधि समिति सदस्य तथा सगरमाथा ब्यूरोको नमुना कार्यको संयोजक मीन प्रसाद सी,प्रतिनिधि समिति सदस्य उमेश सी, युवा ब्यूरो संयोजक चाम्स सी ,विद्यार्थी ब्यूरो संयोजक बिकास सी लगायत रहेका थिए ।

उदयपुर सेक्रेटरी जित सीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन पूर्बी उदयपुर जिल्ला सेक्रेटरी अनिता सीले गरेकी थिईन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।