६ जेष्ठ २०८१, आईतवार

‘गाउँमा’ कथा संग्रह जनयुद्ध, जनक्रान्ति, वर्गप्रेम देखाउने ऐना हो : विक्रान्त सी

0

 

”हरेक राज्यसत्ता क्रु हुन्छ दमनको विरुद्ध प्रतिरोध अनिवार्य चिज हो, प्रतिरोध गर्नु जनताको अधिकारभित्र पर्छ ।”

शुक्रबार बिहान खाना खाएर ११:बजे पछि पुर्वी जनकपुर ब्युरो इन्चार्ज राम कु सीले धनुषा जिल्ला इन्चार्ज र मलाई आफ्नो घरमा भेट्न बोलाएपछि हामी धनुषाको गोदारबाट सिरहा जिल्लाको बन्दिपुर पुग्यो दिनभरिको भेटघाट र छलफल पछि बेलुका धनुषा जिल्ला इन्चार्ज तिलक सी को घरमा पुगेपछि बिहान धोएर सुकाएको कपडा झोलामा राख्ने क्रममा म संग भएका ४,५ किताब मध्य कपिल सिजापतिको कथा संग्रह ‘गाउँमा’ तिर ध्यान गयो । त्यसपछि तत्कालै झोलाबाट झिकेर आमा रोटी पकाउदै हुनुहुन्थ्यो म भने चुलोमा आगो ताप्दै बाँकी रहेका अन्तिम दोस्रो र अन्तिमको कथा पढेर सके जुन ‘साथी’ र ‘सुन्दरता’ सकेपछि लेखकको बारेमा र कथा संग्रह ‘गाउँमा’को बारेमा धारणा  पढेपछि राख्ने प्रतिबद्धता पहिलानै लेखक कमरेड कपिल सीलाई दिएको थिए ।

लेखकसँगको चिनजान 

काठमाडौँ जिल्ला कार्यालयबाट संगठनका महासचिव दाई ललित सीसँग फोनबाट भेट्ने निधो भएपछि संगठनका पश्चिम जनकपुर ब्युरो इन्चार्ज रमेश सी ‘समीर’ बसेको होटल बसपार्क नजिक दाङ देउखुरीमा पुगेको केही समयपछि ललित दाइसँग एउटा गोरो पातलो मान्छे कोठामा आएको थिए ललित दाईले नै हाम्रो एक अर्कामा परिचय गराउनु भयो कपिल सिजापतिसँग उहाँको घर अछाम रहेछ । हाम्रो पार्टी नेकपासँग सुशील बुढाथोकी दाईको पार्टी २०८० बैशाख ९ गते ध्रुवीकरण हुँदा कपिल सिजापति विद्यार्थी संगठनका केन्द्रीय संयोजक रहेछन् । हाम्रो संगठनसँगको केन्द्रीय कार्यालयको संयुक्त बैठक पछि केन्द्रीय कार्यालय सदस्य तथा उत्तर मेची  कोशी ब्युरो इन्चार्जको जिम्मेवारी दिएको रहेछ ।
हामी पहिलो भेटमा फेसबुकमा साथी बन्ने बाचा गर्दै छुट्टियो । केन्द्रीय समितिको सातौं पूर्ण बैठकपछि कार्यक्षेत्रमा रहदा लेखकको कथा संग्रह ‘गाउँमा’ सार्वजनिक भएर बजारमा आइसकेको थियोे । कार्तिक १७ गते पार्टी प्रवक्ताको ‘साम्यवादी’ गीत सार्वजनिक कार्यक्रममा लेखकसंँगको भेट भएपछि आफै भन्नु भयो कि? मेरो कथा संग्रह पढ्नु भयो कि? भएन । मैले छैन पढेको भने जिस्किदै पुनः मेरो हातमा लेखकले नपारेसम्म आजसम्म कसैको किताब पढेको छैन भने उहाँले पनि हाँस्दै भन्नुभयो पढ्नेले त बजारतिर खोज्नु पर्यो त्यसपछि हामी छुट्टियौ भोलि प्रधानमन्त्री प्रचण्डलाई भेट्ने सल्लाह गरेर विडम्बना त्यस राति विनाशकारी भुकम्प आएपछि जाजरकोट र रुकुम पश्चिमको धेरै ठुलो जनधनको क्षति भयो । हाम्रो भेट बिहान १८ गते बिहान १०:०० बजे केन्द्रीय कार्यालय बुद्धनगर भयो हामी सबै केन्द्रीय समितिको निर्णय गरेर राहत संकलनमा जुट्यौ त्यसपछि कार्तिक २५ गते
प्रगतिशील देउसी खेल्ने विषयमा छलफल गर्न केन्द्रीय कार्यालय आउदा लेखक कपिल सिजापतिले २ ओटा किताब ल्याउनु भएको थियोे । एउटा मलाई अर्को मधेस कमान्ड इन्चार्ज प्रकाश सी दाईलाई केन्द्रीय छात्रा विभाग प्रमुख तारा सी दिदीले उपहार स्वरुप दिएको लेखकको चिनोसँगै हाम्रो  फोटो आइफोनमा नखिचाउने कुरै भएन ।

कथा संग्रहबारे धारणा

कथा संघर्ष :”निरङ्कुस राजतन्त्रसहितको संसदीय व्यवस्थाको अन्त्य गरौँ,जनवादी व्यवस्थाका लागि जनयुद्धको बाटोमा अगाडि बढौँ” भन्ने मूल नाराले नेपालमा १० वर्ष उथलपुथल ल्यायो २०५२ साल फागुन १ गतेबाट ऐतिहासिक जनयुद्ध सुरु भएपछि त्यतिबेलाका सामन्तहरुका विरुद्धमा अप्रेसन अगाडि बढ्यो त्यसैभित्रका रक्त खम्बा हामी हौँ जनताले दुबै पक्षबाट दुख पाउनु पर्यो सत्ता पक्ष र विद्रोही पक्षबाट बढी भाग सत्ताको दमनले, अत्याचार र अन्याय विरुद्ध नेपालको ८०% जनता ढुङ्गा माटो माओवादीमय भयो र ८०% भूभागका खोला, नाला, हिमाल, पहाड, चराचुरुङ्गी, बोटबिरुवा माओवादी भए माओवादी संघर्षका अगाडि राज्यसत्ताको हार र विद्रोही पक्षको जित भयो आधार इलाका खडा भए, जनसत्ता, जनअदालत, जनमुक्ति सेना सबै नयाँ खडा भए । १७ हजार सहिद भए, हजारौं घाइते अपांग र बेपत्ता भए । त्यो भित्रका सबै घटनाक्रमहरु र गतिविधि प्रत्येक्ष जनताको भोगाइ मैले आफैपनि जुम्लामा देखे बुझेका सुनेका अध्ययन गरेको जनयुद्धका बिचमा भएका १९ दिने जनआन्दोलन अघिको बिम्ब जनयुद्धको बिम्ब लेखक कपिल सीले संघर्ष कथामा समेट्नु भएको छ यसको एउटै सार थियोे जनताको सत्ता निर्माण गर्ने र सामन्तवादको अन्त्य गर्ने । जनताको कथा, कम्युनिस्टको कथा, सहिदको कथा, विद्यार्थीको कथा, शिक्षकको समग्र नेपाली जनताको मौलिक अधिकारको कथा संघर्षको कथा हो ।

कथा सुर्ता

सुर्ता मनमा आउने लहरी कल्पना, चिन्ता, पिर १० वर्ष जनयुद्धबाट जनताले आमूल परिवर्तन अनुभूति नभएकोप्रतिको घटना जनयुद्धका कमान्डरले बाटो बिराएकोप्रतिको सुर्ता, अवसरवाद हावी भएको दलाल पुजीवादी संसदीय व्यवस्थाको टाङ् मुनि नेतृत्वले सबै उपलब्धिलाई विसर्जन गरेको कथा,पुनः जनतालाई सामन्तवादीहरुले दुख दिन खोजिरहेको कथा,सच्चा जनयुद्धका सिपाहीहरुको निराशा र आक्रोश गाउँका प्रधानपञ्चले जनयुद्धको अवधिमा आफुले गरेको अत्याचारको उपहार माओवादीबाट कारबाही र दु:ख भोगेको जनतालाई पुनः बदलाको कथा माओवादी पार्टी विघटनको कथा सच्चा कम्युनिस्ट र नामधारी कम्युनिस्टको कथा संसदवादी कम्युनिस्ट र संसदीय व्यवस्था विरुद्धमा लाग्ने जनयुद्धको बाटो नबिराएका सहिदका सपनाहरू बिर्सेर पुरानै शासन सत्तामा दोहन गरिरहेका र विद्रोह गरेकै कारण निराशाले अपमानित र चिन्तित भएको कथा, शान्तिकालमा वर्ग मित्र र वर्ग दुश्मनबिचको कथा सामन्तवादका फिरौती पुर्वप्रधान गद्दार माओवादी र सच्चा क्रान्तिकारीको कथा गरिब सर्वहाराको कथा सुर्ता कथाभित्र “जहाँ अत्याचार हुन्छ, त्यहाँ विस्पोट भएरै छाड्छ । अन्यायविरुद्ध परिस्कृत चेतनाको विद्रोह प्रकृतिप्रदन मानवीय स्वभाव हो ।” (गाउँमा पृष्ठ :९८) अन्याय अत्याचार सहनु भनेको दासताको जीवन जिउनु हो जबसम्म साम्यवादी समाजको मानव जातिले अनुभूति गर्न पाउदैन काल्पनिक समाजवाद पछाडि नभएर विद्रोह मानव र प्रकृतिको स्वतन्त्रता हो । सुर्ता कथाभित्र सहयात्री र वर्गसंघर्ष प्रतिको प्रेम चिन्ता र विद्रोहलाई समेट्नु भएको छ लेखकले ।

कथा साहस

यसभित्रका महिला पात्र आस्थाको कथा नभएर नेपाली महिलाको कथा विश्वका उत्पीडित महिलाको कथा हो यो नेपाली समाजको कथा हो लैङ्गिक भेदभाव, हिंसा र उच्च र निजी शिक्षित र अशिक्षित मानिने बुर्जुवा शिक्षा र बुर्जुवा दलाल पुजीवादी समाजको रुपचित्र देखिन्छ । कथा महिलालाई दासताभित्र रहनुपर्छ महिलाको अस्तित्व नै हुँदैन भन्ने वर्तमान समाजको कथा प्रेमभित्रका धोकेबाज र संयन्त्रकारीको कथा :लेखक कपिल सीले साहस कथामा समेट्नु भएको ”कहाँ छन् त, महिलाहरु सुरक्षित ? सँगै ज्यूने, सँगै मर्ने वाचा गरेर जीवन सुम्पिएको मान्छेबाट यत्रो विश्वासघात ? चखेवाको जोडीझै हुनुपर्ने श्रीमानबाट छुट्टिएर पनि बामाआलाई झै सेवा गरेका सासूससुराबाट यत्रो षडयन्त्र ?’ (गाउँमा पृष्ठ :११२ -११३) आस्थाको बिहेपछि छोरी जन्मेको हुदाहुदै पनि सहरमा राजिबले सहरिया केटी विहे गरेपछि आस्थालाई सासु ससुरा र श्रीमानले र समाजले पन्छाउन खोजेको कथा यो महिलालाई महिलाले नै विभेद गर्ने महिलालाई साधन र खेलौना सोच्ने नेपाली समाजको स्वार्थ र संयन्त्रको यथार्थ बिम्ब कथा संग्रह ‘गाउँमा’ भित्रको ‘साहस’कथा लेखकले लेख्नु भएको एउटा सान्दर्भिक र यथार्थ तर्क छ कि ? ” किन खुल्ला आकाश पनि नारीका लागि यति बन्धनकारी छ ? यो पुरुषप्रधान समाजको चित्र र इष्टमित्रलाई खुसी बनाउन महिला हिंसा र उत्पीडनलाई पनि मिलोमतोमा दबाउने समाजको कथा । अशिक्षा र बेरोजगारीका कारणले बर्तमान दलाल पुजीवादी संसदीय व्यवस्थाले नेपाल राष्ट्रका महिला ,नौजवान युवा लगायत लाखौ जनतालाई विदेशी भुमिमा पलायन बनाएर देश रित्तिदै गएको संकटको कथा । बर्तमान चलिरहेको चर्को महंगी चरम उपभोक्तावादी समाजको चरित्र दलाल पुजीवाद र भुमण्डलिकृत साम्राज्यवादले विश्वभरी जनतालाई भोक्न बाध्य चरम लुटतन्त्रको विरुद्धमा दलाल पुजीवादी राज्यव्यवस्था विकल्पको बाटोमा संगठित हुदा प्रकाउ पुजी र बन्दुकको बलमा शासन सत्ता टिकाउने मुठ्ठीभर शासक वर्गको अन्त्यको लागि क्रान्तिकारी नारीको हिक्मत क्रान्तिको मार्गदर्शनलाई आत्मसात गरेको साहसलाई यश कथाभित्र लेखकले समेट्नु भएको  छ कथा यथार्थ रोजक र बस्तुबादी छ ।
कथा सम्बन्ध

विद्यार्थीको कथा प्रेमको कथा प्रेमी र प्रेमीकाको कथा विद्यार्थी जिबनको कथा विद्यार्थी जिबनभित्रको राजनीति यात्राको कथा क्रान्तिकारी जिबनभित्रको कथा समग्र युवा विद्यार्थीको क्याम्पसको कथा ,यो मेरो कथा, यो तपाईको कथा, अनि समग्र क्रान्तिकारी योद्धाको कथा, वर्ग बाहिरी प्रेमको कथा डिग्रीको प्रमाणपत्र भएर बेरोजगारीको कथा ,भोगाइभित्रको जिबनको कथा, बिद्यार्थी जिबनको कथा, लेखक तथा साहित्यकार कपिल सी ले जुन कथामा उतार्नु भएको छ कथाको बिम्ब बनाउनु भएको छ यो यथार्थ र बस्तुबादी छ समग्र क्रान्ति प्रतिको अभिभारा र प्रेमभित्र क्रान्तिकारी जिबनमा पारेको सम्बन्धको दुई छाल, तपाई हाम्रो सम्बन्धको कथा बिछोडपछि आशावादीको कथा ,विद्यार्थी र कर्मचारीलाई पनि राज्यव्यवस्थाले देशभित्र आफ्नो भविष्य नदेखेको कथा,अनि क्रान्ति सम्पन्न भै छाड्ने र मायको बर्षाद पुनः हुने अनिश्चयको कथा ,भनिन्छ नि प्रेम गर्नुभन्दा युद्ध लड्नु बेस प्रेममा नमरिन्छ न बाचिन्छ युद्धमा कि? जितिन्छ कि हारिन्छ । प्रेम त्यो हो जसले सहज र अनुकुलतामा हैन अप्ठ्यारो  र प्रतिकुलतामा पनि उस्तै महसुस होस् सम्बन्ध कथाको भाव लेखकले रोचक तरिकाले प्रस्तुत गर्नुभएको छ ।

कथा शंका 

सविना र एक क्रान्तिकारी दाईको कथा ,अनि विदेशमा हुने श्रीमान् र सहरमा बस्ने श्रीमतीको कथा सोच,दृष्टिकोणको कथा,फरक फरक व्यक्तिसंगै हेर्ने शैलीका कथा ,दुनियाँ केहि भन्छन् कि चरित्र हत्या गर्छन् कि भनेर सामाजिक संजालले कहिलेकाही निर्दोषलाई हिजो छ्यापिदिएको कथा, सहि बस्तुलाई सहि ठाउँमा प्रयोग गर्नुपर्छ हतियार चलाउन नजानेको खण्डमा आफै सिकार हुनेहरुको कथा बनको बाघले खायोस् नखायोस् मनको बाघले खाइरहेको कथा समग्र नेपाली समाजमा गरिने एकले अर्कामाथी ब्यवहार र गरिने आशंका र शंकाको कथालाई शंका कथाद्वारा लेखकले ऐनाझै छर्लङ्ग पार्नुभएको छ ।

कथा साथी 

एक असल साथीको सम्बन्ध कस्तो हुन्छ साथी कथामा बिम्बित गरेको छ ।साथीले गरेको प्रगतिलाई समेटेको छ । अनि अन्धविश्वासलाई नाङ्गेझार पारेको छ भौतिकवाद विज्ञानलाई आत्मसात गरेको छ कसेलाईपनि अप्ठ्यारो पर्दा कमजोर बनाउने शैली प्रयोग गर्नु हुदैन भनेको छ बर्तमान दलाल पुजीवादी संसदीय व्यवस्थाको अौचित्य सकिएको यसको विकल्पमा बैज्ञानिक समाजवादी व्यवस्थाभएको पुष्टि गरेको छ संसदीय व्यवस्थाको चुनावले बारम्बार जनतालाई भ्रमित बनाएर ,मुठ्ठीभर संसदीय दलका नेताले पुजिको बलमा जनतालाई लुटेको यथार्थताको धोज्जी उढाइएको छ । जनक्रान्तिबाट संसदीय व्यवस्थाको अन्त्य र नेपाली जनता र नेपाल राष्ट्रको हितको लागि निर्बिकल्प व्यवस्था नेपाली बिशेषताको समाजवाद भएको लेखकले ‘साथी’कथामा समेट्नु भएको छ ।

कथा सुन्दरता

-साहित्यकार कमरेड कपिल सी ले सुन्दरता कथामा क्रान्तिकारी प्रेममा कस्तो हुन्छ प्रस्ट पार्नु भएको क्रान्तिकारीहरुले प्रेमीकालाई पनि कसरी क्रान्तिकारी बिचारमा बेर्छन् भनेर प्रस्तुत गर्नु भएको छ सुन्दर फुलहरु कुल्छिएर मात्र जानू हुदैन बिशेश ठाउँमा सजाउनु पर्छ भनेर सुन्दर बिचार द्वारा सुन्दर कला प्रयोग गर्नु भएको छ । शासकहरुले नारीलाई सम्झने खेलौना र दासताबाट समान हक र अधिकारको लागि मानव जाति सबै बराबर भएको वर्गीय प्रेम जोडिको कथालाई उजागर गर्नु भएको छ । कथा सुन्दरता भित्र
”रानीहरु मानव इतिहासका सबैभन्दा उत्पीडित पात्र हुन् । तिनको सारा जीवन राजाको सन्तुष्टिका लागि श्रिङ्गारपटार गरेरै जान्थ्यो । रानीहरु राजाका मनोरञ्जनका साधन र खेलौना मात्र थिएनन्, राजा मर्दा उसको चिहानमा जिउँदै जल्नुपर्ने निरीह सती पनि थिए । एक विलासी राजासँग सयौं रानी हुने गर्थे । कति रानीले आफ्नो जीवनमा राजासँग भेट गर्न पनि पाउँदैनथे । रानीहरु कलिला बालिकादेखि राजाभन्दा केही कान्छी मात्रै पनि हुन्थे । तर बुढो राजा मर्दा ती सबै रानीलाई सती जान बाध्य पारिन्थ्यो ताकि राजा मरेपछि रानीहरु अरुका हुन नपाउन् । आफूले सयौं रानी थुपार्ने तर आफू मरेपछि पनि अर्को कोही
एकजना पुरुषसँग आफ्ना रानीहरुले बिहे गर्ने सम्भावना नरहोस् भनी राजाले रचेको सती षड्यन्त्रमा रानीहरु निसहाय फसेका थिए । त्यसैले उनीहरु उत्पीडित थिए । म त महिलाहरुलाई मुक्त र स्वाधीन देख्न चाहन्छु । म कसरी रानीसँग तिम्रो तुलना गरूँ ?” मैले कुरा सकें ।

अघिसम्म आफूतिर ‘राजा आऊ’ भनिरहेकी शैली उताबाट आफै दगुर्दै आएर मलाई अँगालो हाली । ढाडबाट निस्फिक्र भई खसेका उसका कोमल केसहरुलाई मैले आफ्ना हातले सुम्सुम्याउँन थालें ।

‘म पनि अब तिमीलाई राजा भन्दिनँ । किसान भन्छु । मजदुर भन्छु । श्रमिक भन्छु । ठीक छ, तिमी पनि मलाई रानी नभन ।”(गाउँमा पृष्ठ १७५/१७६)

हलो जोत्ने र भारी बोक्ने बीचको यो स‌द्भाव र सामीप्यतामा के कुनै अहङ्कार र स्वार्थ छ ? अहँ, छैन । हो, यसैलाई भनिन्छ, वर्गीय माया । यही हो, वर्ग प्रेम ।(गाउँमा पृष्ठ १७७)

श्रमले दिने सुन्दरता दुनियाँका कुनै पनि श्रिङ्गार, कुनै पनि गहना र कुनै पनि पहिरनले कहाँ दिनसक्छ ? पूँजीवादको विकृत प्रतिस्पर्धामा कथित सुन्दरीको ताज पैरिने महिलाहरुको कृत्रिम सुन्दरताभन्दा खेतमा परिश्रम गरिरहेकी यी महिलाको सुन्दरता साच्चै महान र वास्तविक थियो ।(गाउँमा पृष्ठ १७८)
लेखकले प्रकृति र मानव सुन्दरतालाई समेटेर कथामा उतार्नु भएको छकि स्वतन्त्रताभित्रको अनुभुति महसुस ,माया,स्नेह र प्रेम हनत पनि प्रकृति प्रेमी हो हामीले माक्र्सवादी सौन्दर्यशास्त्रलाई अध्यन पक्कै गर्नुपर्छ । त्यसैभित्र टेकेर लेखकले सुन्दरता कथा लेख्नु भएको छ ।

कथा संग्रह ”गाउँमा” को निष्कर्ष 
-अछामका वरिपरिका क्षेत्र र नेपालभित्रका कथालाई लेखकले समेटेपनि यो कथा संग्रह  ”गाउँमा”भित्र विश्व देखिएको छ ।
-वर्गबैरीको विरुद्धमा संघर्ष अनवरत तवसम्म रहनेछ ,जबसम्म समउन्नत समाज निर्माण हुदैन ।

-हरेक राज्यसत्ता क्रुर हुन्छ दमनको विरुद्ध प्रतिरोध अनिवार्य चिज हो ,प्रतिरोध गर्नु जनताको अधिकारभित्र पर्छ ।
-वर्गीय प्रेम आफ्नै वर्गको हितमा हुनुपर्छ वर्गबैरीको सिकार हुनुहुँदैन ।
-शंका र विश्वासको मिश्रित रुप हो, यथार्थको पहिचान गर्नु ।
-संघर्ष आमूल परिवर्तनको हतियार हो ।
-जबसम्म हामी लडिरहनु पर्नेछ तबसम्म वर्गिय मुक्ति हुदैन ।
कमरेड कपिल सी को कथा संग्रह ”गाउँमा” अत्यन्तै सरल भाषामा कर्णाली बगेजस्तै बगेको यनत्रले देखाउने कर्णलाई देखाएको छ प्रस्ट पारेको छ ”वर्गप्रेम,जनयुद्ध,जनक्रान्ति,र साजवादको ऐना नै यो कथा संग्रहको बिम्ब हो सबैले अनिवार्य एकफेरी खोजिखोजि पढ्नै पर्ने छ पहिलो कृति अत्यन्तै राम्रो छ तारिफ गरेर साध्य छैन बाकी कलम बर्गिय हितमा र बर्गबैरीको विरुद्धमा चलिरहोस्  बाकी सफलताको हार्दिक शुभकामना कमरेड कपिल सी तपाई सी भित्रको एक यथार्थ हिरो हो धेरै माया धेरै सम्झना वर्गसंघर्षको यात्रा हाम्रो सधै संगै होस् जबसम्म हामीले हाम्रो गन्तव्य र सपना पूरा गर्ने छैनौ । मैले पुस्तकको व्यक्तिगत मूल्य दिने बाचा पनि पुरा गरेको छु है छिट्टै अर्को कृति निकाल्न मदत पुगोस् । धन्यवाद !


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।