५ आश्विन २०८१, शनिबार

दलाल पुजीवादीकाे संकटलाई क्रान्तिकारी संकटमा बदल्नु पर्छ – अनिल सी

0

मकवानपुरका महान सहिदहरु क.रमेश (रुद्र पाख्रिन) कम्पनी भिसी क.प्रतिभा, युवा कमरेडहरु प्रित कुमार माेक्तान, उपेन्द्र तिमल्सिना, क. सामेन लगायतको सपना साकार पार्न र दलाल पुजीवादीले सृजना गरेकाे आर्थिक, राजनीतिक समस्या समाधान गर्ने मकवानपुरका क्रान्तिकारीहरु उच्च मनाेबल लिएर लड्नुपर्ने नेकपाका स्थायी समिति सदस्य तथा प्रचार-प्रकाशन विभाग इन्चार्ज अनिल सीले बताएका छन् ।
उत्तर-पश्चिम मकवानपुरकाे बैठकलाई प्रशिक्षण दिंदै उनले साे कुरा बताएका हुन् । उनले आजको आर्थिक, राजनीतिक र सांस्कृतिक संकटकाे कारण दलाल पुजीवादी व्यवस्था भएको आराेप लगाउदै संकटलाई समाजवादी क्रान्तिमा बदल्नुपर्ने बताए । नेकपाकाे प्रभाव बद्दै गएपछि अत्तालिएकाे दलाल सत्ता र विदेशी शक्तिले दमनको षड्यन्त्र गरिरहेकाे बताउँदै प्रतिरोध संघर्षमा उत्रिन सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशनसमेत गरेका छन् ।
बैठकमा पश्चिम नारायणी ब्युरोका इन्चार्ज तथा राजनीतिक समितिका सदस्य एबम् एटम सीले जनतालाई सताउने लघुवित्त वित्तीय संस्थाहरुलाई कार्वाही गर्ने बताए । बैठक समितिका सचिव गुणाकाे अध्यक्षतामा बसेकाे थियाे । बैठकमा केशर बस्नेत, राम सी, कृष्ण माया थिङ, समाज सी लगायतका आ-आफ्नो कार्यक्षेत्रकाे कार्य विवरण (प्रतिवेदन )प्रस्तृत गरेका थिए । बैठकले प्रतिरोध संघर्ष चर्काउने निर्णय गरेकोे बैठक स्थल मनहरीबाट प्राप्त समाचारमा जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।