७ पुष २०८१, आईतवार

सरकार र नेकपाबिच तीन बुँदे सहमति कार्यन्वयन गर्न कार्यदल गठन

0

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी र तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारबिच भएको तीन बुँदे सहमति कार्यन्वयन गर्न कार्यदल गठन भएको छ ।

शुक्रबार बिहान नेकपाका महासचिव विप्लव र प्रचण्डबिच बसेको दुई पक्षीय बैठकले २०७७ साल फागुन २० गते नेकपा र ओली सरकारबिच भएको ३ बुँदे सहमति कार्यन्वयन गर्न कार्यदल गठन भएको हो ।

भर्खरै प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र नेकपाका महासचिव विप्लवबिच भएको दुईपक्षीय बैठकबाट ३ बुँदे सहमति कार्यन्वयन गर्नका लागि ६ सदस्यीय कार्यदल गठन भएको छ।

कार्यदलमा नेकपाको तर्फबाट प्रवक्ता प्रकाण्ड सीको नेतृत्वमा शिलु सी र एकराज भण्डारी रहने नेकपाले जनाएको छ।
त्यस्तै सरकारका तर्फबाट वर्षमान पुनको नेतृत्वमा ३ सदस्यीय कार्यदल रहने छ, कार्यदलले ३ बुँदे सहमति कार्यन्वयनको बिषयमा सरकारलाई सुझाव तथा उपाय पठाउने भएको नेकपाका स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख अनिल विरही सीले बताएका छन् ।

गत बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपासहित ४ दल सम्मिलित समाजवादी मोर्चाको बैठकमा नेकपा र सरकारकाबिच भएको तीन बुँदे सहमति कार्यान्वनको विषयमा सरकारको मौनताको विषयमा प्रश्न उठेको थियो । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।