६ आश्विन २०८१, आईतवार

नेकपा दैलेखले दुई महिने अभियानलाई तिव्रता दिदै

0

दैलेख । नेपाल कम्युनिष्ट पार्टी दैलेखले संगठन सुदृढ तथा विस्तार गरौं,राज्य षड्यन्त्रको भण्डाफोर गरौं भन्ने दुई महिने अभियानलाई जिल्लामा तिव्रता दिईरहेको छ ।

नेकपाले सोमबार जिल्लाको आठविस नगरपालिकाका कर्मचारी र राजनीतिक दलका नेताहरुसंग छलफल गरेको छ ।

नेकपाका जिल्ला इँन्चार्ज कलम सीले नगरपालिकाका कर्मचारीलाई वर्तमान देशको अवस्था र समाजवादी मोर्चाका बारे प्रष्ट्याएका छन ।
उनले देशमा दलाल संसदीय व्यवस्था असफल भएको भन्दै देशमा नेपाली विशेषताको समाजवाद आवश्यक भएको बताए ।

यस्तै नेकपाका जिल्ला इन्चार्ज कलमले आजै नरपालिकामा क्रियाशिल तथा समाजवादी मोर्चामा आवद्ध राजनीतिक दलका नेताहरुसंग पनि छलफल गरेका छन ।

छलफलमा जिल्लामा समाजवादी मोर्चाको गठन र घोषणा कार्यक्रम छिटो गर्ने बातावरण मिलाउनका लागि जिल्ला स्तरमा आ आफ्नो दलका प्रमुखसंग आग्रह गर्ने निर्णय भएको छ । सो क्रममा नेकपाले आफ्नो अभियानको लक्ष्य र उद्देश्य बारे पनि बुझाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।