६ आश्विन २०८१, आईतवार

रौतहटमा नेकपाको २ वटा जवस संगठन निर्माण

0

रौतहट । नेपाल कम्युनिष्ट पार्टी निकट २ वटा जनबर्गीय संगठनको निमार्ण भएको छ । जिल्लाको गरुडा नगरपालिका वडा नंम्वर ५ शिवनगरमा सोमबार एक कार्यक्रमको आयोजना गरी दुई वटा जवस कमिटी निमार्ण भएका हुन ।

कार्यक्रमबाट अखिल नेपाल महिला संघ (क्रान्तिकाी)को नगरकमिटी चमेलीदेवी रामको अध्यक्षतामा ९ सदस्सीय गठन भएको छ । यस्तै महिला युवा संगठन नेपालको नगरकमिटी निर्मलादेवी सहनीको अध्यक्षतामा १३ सदस्सीय गठन भएको छ ।

कार्यक्रममा नेकपाका ब्यूरो इन्चार्ज रक्तिम सीर्, जिल्ला ईन्चार्ज शिबशंकर पान्डेले मन्तब्य राख्दै नेपालमा समाजवादी व्यवस्था अनिर्वाय भएको बताएका छन । पार्टीको दुई महिने अभियान अन्तरगत कमिटी बनाउदै गएको नेकपाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।