९ पुष २०८१, मंगलवार

श्रमिक समुदाय मोर्चा जाजरकोटको दोस्रो जिल्ला भेला नयाँ नेतृत्व चयन गर्दै सम्पन्न

0

जाजरकोट । श्रमिक समुदाय मोर्चा नेपाल जाजरकोटको दोस्रो जिल्ला भेला नयाँ नेतृत्व चयन गर्दै सोमबार खलंगामा सम्पन्न भएको छ ।
भेलाले विशाल सीको अध्यक्षतामा १५ सदस्यीय श्रमिक समुदाय मोचा नेपालको जिल्ला कमिटी चयन गरेको हो ।

भेलाका प्रमुख अतिथि श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय अध्यक्ष रामलाल सीले भेलालाई सम्बोधन गर्दै समाजवादी क्रान्ति सम्पन्न विना जातीय मुक्ति नहुने बताए ।

उनले मान्छे मान्छे बिचको विभेद सामाजिक अपराध भएको भन्दै कसैले पनि विभेद गर्न नहुने बताए । अध्यक्ष रामलालले समाजमा मानब समाज विकासको उत्पत्तिकाबारे ज्ञान नभएको व्यक्तिहरुबाट जातीय विभेदका घटनाहरु अहिले पनि भइरहेको बताए ।

उनले दलाल व्यवस्था र साम्राज्यवादी हस्तक्षेप कारण पनि जातीय विभेद बढ्ने देखि जात जाति बिचको विखण्डन ल्याउने काम भइरहेको टिप्पणी गरे । उनले भेलाबाट निर्वाचित नयाँ कमिटीलाई कार्यकाल सफलताको शुभकामना दिर्दै बधाई समेत दिए ।

भेलाका अतिथि नेकपा जाजरकोट जिल्ला इन्चार्ज बिराजन सीले आफ्नो उत्पीडनका विरुद्ध उत्पीडित समुदाय सबै भन्दा अगाडि एकजुट हुनुपर्ने बताए ।

भेलामा अतिथिको रुपमा नेकपा जिल्ला सेक्रेटरी  धन्जित सी, डोल्पा जिल्ला सेक्रेटरी गौचन सी, श्रमिक मोर्चाका केन्द्रीय सचिवालय सदस्य एवं सेती–महाकाली ब्यूरो इन्चार्ज मधुसुदन सी, मोर्चा केन्द्रीय सदस्य लोकेन्द्र सी र पत्रकार काली बहादुर नेपालीको सहभागिता रहेको थियो ।

उनीहरु सबैले नयाँ निर्वाचित समितिलाई कार्यकाल सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा कलाकारहरुले साँगीतिक प्रस्तुति पनि राखेका थिए ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।