काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका प्रतिनिधि समिति सदस्य तथा स्याङ्जा जिल्ला इन्चार्ज दुर्गा बहादुर सी र जिल्ला कमिटी सदस्य पुरन सीकी आमाको निधनप्रति नेपाल कम्युनिस्ट पार्टीले दु:ख व्यक्त गरेकाे छ । नेकपाले मंगलबार एक शाेक वक्तव्य जारी गर्दै दुर्गा र पुरनकी आमा दिल कुमारी सारूकाे निधनप्रति दु:ख व्यक्त गरेकाे हाे ।
नेकपा महासचिव सीद्वारा जारी शाेक वक्तव्यमा आमा दिल कुमारीकाे निधनप्रति श्रद्धाञ्जली व्यक्त गरिएकाे छ । “हाम्रो पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा स्याङ्जा जिल्ला इन्चार्ज क. दुर्गा बहादुर सी र जिल्ला कमिटी सदस्य पुरन सीकी आमा दिल कुमारी सारूकाे आज विहान भएकाे दु:खद निधनप्रति हाम्रो पार्टी दुःख व्यक्त गर्दछ ।”, विप्लव द्वारा जारी वक्तव्यमा भनिएकाे छ, “दुःखको यस घडीमा मृतक आमाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै क. दुर्गा, क. पुरन र उहाँको परिवारजनप्रति समवेदन प्रकट गर्दछौं ।”
आमा दिल कुमारी सारूकाे मंगलबार बिहान ४ बजे उपचारकाे क्रममा वालिङ स्वास्थ्य चौकी, स्याङ्जामा निधन भएकाे हाे । २०१५ साल वैशाख १५ गति जन्मिएकी उनका ५ भाई छाेरा र २ छाेरी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्