६ आश्विन २०८१, आईतवार

स्थानीय तहबाटै नागरिकता दिन माग गर्दै नेकपा काठमाडौँले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

0

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी काठमाडौँले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

शुक्रबार नेकपाले नागरिकता लगाएतका स्थानिय तहबाट प्रवाह गर्न सकिने सुविधाहरुलाई सुचारु गर्न माग गर्दै काठमाडौँ जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो ।

नेकपा काठमाडौँले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई पठाएको ज्ञापनपत्रमा संघियताको पूर्ण कार्यन्वयनसहित स्थानीय तहबाट जनताहरुले पाउने सम्पूर्ण सुविधाहरुलाई सहज बनाउन माग गरिएको छ ।

नेकपा काठमाडौँले पेश गरेको ज्ञापनपत्रमा भनिएको छ, ‘१० वर्षको जनयुद्ध र जनआन्दोलनले नेपालको राज्य संरचनामा परिवर्तन ल्याइ संघीय राज्यप्रणाली स्थापना गरिएको छ । यसले एक हदसम्म जनताको आकाङ्क्षा र मागलाई सम्बोधन गर्न खोजेको अनुभूत गर्न सकिन्छ । तर अझै पनि वास्तविक संघीयताको निर्माण र अभ्यास गरिएको छैन । जसले गर्दा दुर्गम हिमाली तथा पहाडी क्षेत्रका जनताले सहज पालिका स्तरबाट पाउनुपर्ने सामान्य कामका सुविधाहरु नागरिकता, परिचय पत्र र जग्गा किनबेचका लागि पनि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता छ । जुन समय र खर्चका हिसाबले जनताका लागि निकै कष्टकर र समस्यामूलक बनिरहेको छ । यसबारे प्रधानमन्त्री ज्यूको विशेषरुपले ध्यानाकर्षण गराउन चाहन्छौं ।’

अतः हाम्रो पार्टीले नेपाल सरकारसँग जोडदार माग गर्दछ कि जनतालाई नागरिकता, जग्गा किनबेच परिचयपत्र जस्ता कामहरु आगामी वर्षदेखि पालिका स्तरबाट उपलब्ध गराइयोस् भन्ने मागसहित यो ज्ञापनपत्र जिल्ला प्रशासनमार्फत नेपाल सरकारका सम्मानीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष पेश गर्दछौँ ।’

नेकपा काठमाडौँ जिल्ला इन्चार्ज भृकुटी सीले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै आफ्नो मागसहितको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारीसमक्ष वाचन गरेर सुनाएकी थिइन् । काठमाडौँ जिल्ला अधिकारी जितेन्द्र बस्नेतले पत्रमा उल्लेख गरिएको मागहरु जायज रहेको भन्दै यसको यथासिघ्र कार्यान्वयनको प्रधानमन्त्री कार्यालयमा पेश गर्ने र आवश्यक पहल लिने प्रतिबद्धता जनाएका थिए ।

ज्ञापनपत्र पेश गर्ने नेकपा काठमाडौँ इञ्चार्ज सेक्रेटरी र जिल्लाका जिम्मेवार सदस्यहरुको उपस्थिति रहेको थियो ।
नेकपा केन्द्रीय समितिको विशेष बैठकको निर्णय अनुरुप आज देशैभरका प्रशासन कार्यालयहरुमा ज्ञापनपत्र बुझाउने कार्यतालिका थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।