६ आश्विन २०८१, आईतवार

मकवानपुर जिल्ला प्रशासन कार्यलयमा संयुक्त ज्ञापनपत्र

0

मकवानपुर: नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले जिल्ला प्रशासन कार्यलय मकवानपुरलाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएको छ । जनताका सामान्य कामकाज पालिका स्तरबाट नै उपलब्ध गराउनुपर्छ भन्ने माग राख्दै नेकपाले जिल्ला प्रशासन कार्यलय मार्फत प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाएको हो ।

देशका सबै जिल्ला प्रशासन कार्यलयमार्फत प्रधानमन्त्री कार्यलय समक्ष ज्ञापनपत्र बुझाउने पार्टी केन्द्रको कार्ययोजना अनुसार नेकपाले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यलय मकवानपुरमा पत्र बुझाएको हो । १० वर्षे जनयुद्ध र जन आन्दोलनले नेपालको राज्य संरचनामा परिवर्तन ल्याइ एक हदसम्म जनताको आकाङ्क्षा र मागलाई सम्बोधन गर्न खोजेको देखिएता पनि वास्तविक संघीयताको निर्माण र अभ्यास नभएको कुरा ज्ञापनपत्रमा उल्लेख गरिएको छ । जसको कारण दुर्गम हिमाली तथा पहाडी क्षेत्रका जनताले सहज रुपमा पालिका स्तरबाट पाउनुपर्ने सामान्य कामका सुविधाहरु नागरिकता र परिचय पत्र बनाउन तथा जग्गा किनबेचका लागि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता जिउँकातिउँ रहेको कुरा ज्ञापनपत्र मार्फत अवगत गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी मकवानपुर जिल्लाका तीन छुट्टाछुट्टै संरचनाका इन्चार्ज र सेक्रेटरीको हस्ताक्षरित ज्ञापनपत्रमा आगामी वर्षदेखि नागरिकका सामान्य तर अनिवार्य सबै कार्यहरु पालिका स्तरबाटै गराउनुपर्ने माग राखिएको छ । साथै ज्ञापनपत्र मार्फत सेवाग्राही जनताका लागि समय र आर्थिक हिसाबले खर्चिलो, कष्टकर र समस्यादायिक सेवाप्रवाह स्थल तथा निकाय नबनाउनेबारे प्रधानमन्त्रीको विशेषरुपले ध्यानाकर्षण गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।