६ आश्विन २०८१, आईतवार

कम्युनिस्ट शक्तिहरुको एकताले मात्रै समाजवादको सुनिश्चितता गर्नसक्छ : सुशील सी

0

दमक: नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सुशील सीले माओवादी आन्दोलन र कम्युनिस्ट शक्तिहरुको एकताले मात्रै समाजवादको सुनिश्चितता गर्नसक्ने बताएका छन् ।

आज नेपाल कम्युनिस्ट पार्टी पश्चिम झापाको आयोजनामा झापाको दमकमा भएको ” वर्तमान राजनीतिक संकटको निकास नेपाली विशेषताको समाजवाद” शिर्षक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता सुशील सीले यो संविधानमा समाजवाद उन्मुख संविधान भनिएको र पछिल्लो समय सबै राजनीतिक दलहरुले आफूलाई समाजवादी पार्टी भन्दै हिँडिरहेकाले नेपाली विशेषताको समाजवादी व्यवस्थामा मात्रै देश र जनताको हित रहेको उल्लेख गरे ।

नेपाल कम्युनिस्ट पार्टीले यो देशमा शान्ति स्थिरता र परिवर्तन नै चाहेको बताउँदै माओवादी आन्दोलनको उद्देश्य पनि पवित्र रहेको र नेकपाले देशमा जातीय सद्भाव, धार्मिक सद्भाव नै कायम गर्न खोजेको बताए । पछिल्लो समय नेपालमा कुनै न कुनै हिसाबले साम्राज्यवाद हाबी भएको भन्दै दुर्गा प्रसाईं जस्ता पात्र जन्माउने र संरक्षण गर्ने काम अहिले सत्तामा रहेका पार्टीहरुले गरिरहेको बताए ।

पूर्वमा अहिले चलिरहेको पहिचानको आन्दोलन राज्यले चाहे नाम तुरुन्तै परिवर्तन गरेर सामान्य ढंगमा परिमार्जन गर्न सकिने भएतापनि साम्राज्यवादीहरुको इशारामा एक पक्षलाई उचालेर अशान्ति मच्चाउने खेलमा राज्य लागेको उनले बताए । यो सत्तामा सबै पक्षधर रहेपनि यो व्यवस्था रहुन्जेलसम्म कुनै निकास ननिस्कने ठोकुवा गर्दै समाजवादी व्यवस्थाले मात्रै सबैको पहिचानको संरक्षण गर्ने नेता सुशीलले बताए ।

देश र जनताको हकहितका लागि राष्ट्रिय युद्ध लड्नुपरेपनि आफूहरू तयार रहेको बताउँदै नेपाल कम्युनिस्ट पार्टीले अगाडि सारेको नेपाली विशेषताको समाजवादी व्यवस्थामा बहस र छलफल तीव्र ढंगले अगाडि बढाउनुपर्ने पनि उनले उल्लेख गरे।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।