६ आश्विन २०८१, आईतवार

युवा संगठन नेपाल, मध्य कमाण्डको प्रथम विस्तारित बैठक सम्पन्न

0

काठमाडौं– युवा संगठन नेपाल, मध्य कमाण्डको प्रथम विस्तारित बैठक सम्पन्न भएकाे छ । बुधबार काठमाडौंमा सम्मेलन आयोजक समिति सदस्य तिलक सीकाे अध्यक्षतामा बैठक सम्पन्न भएकाे हाे ।
बैठकमा नेकपा स्थायी समिति सदस्य तथा संगठनकी फ्याक्स इन्चार्ज शिलु सीकाे प्रमुख आतिथ्यता रहेकाे थियाे भने संयाेजक पाटन सी, ब्युरो इन्चार्जहरू एटम, आजित त रक्तिमकाे आतिथ्यता रहेकाे थियाे ।
संगठनकी इन्चार्ज शिलु सीले युवा संगठन नेपालको पाचौं राष्ट्रिय सम्मेलनलाई भव्य ढंगले सम्पन्न गर्न निर्देशन दिएकी थिइन् । नेपालको विकसित राजनीतिक घटनाक्रमहरुको बारेमा स-विस्तार प्रशिक्षित गर्दै हाल नेपालमा देखिएका बेथिति र विसंगतिहरूलाई अन्त्य गर्न र वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापना गर्न युवा संगठन अग्रमोर्चा रहेको बताइन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।