१२ कार्तिक २०८१, सोमबार

जयपुरमा कराेड भन्दा बढी रकम हिनामिना, जनताको रकम हिनामिना गर्नेलाई कारवाही गर्ने नेकपाकाे चेतावनी

0

झापाको बुद्धशान्ति गाउँपालिका -२ जयपुरमा संञ्चालित जयपुर बहुउद्देश्य सहकारी संस्था लिमिटेडका सञ्चालक तथा व्यवस्थापकको मिलेमतोमा तीन करोड भन्दा बढी रकम हिनामिना भएको खबर बाहिरिएको छ। शेयर सदस्य तथा बचत कर्ताहरुको रकम अपचलन गरेको र सम्बन्धित निकायमा छानविन गरि कारवाही गरि पाउँ भन्ने उजुरी दिंदा समेत लामो समयसम्म कुनै पनि कारबाही नभएको जनगुनासो व्यापक बढेको छ ।

बचतकर्ताको करोडौं रकम हिनामिना गरिएको खबर बाहिरिएसँगै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले प्रेस वक्तव्य जारी गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

यतिबेला देशैभरीका अधिकांश सहकारी संचालक र व्यवस्थापकहरुको मिलेमतोमा जनताको सम्पत्ति ब्रहम्लुट भइरहदा सुशासन र कानुनी राज्यको हवाला दिने सरकार साथै नियम र कारवाही गर्ने सम्बन्धित निकायहरु मौनता साधेर बस्ने कार्य लज्जास्पद रहेको विज्ञप्तिमार्फत उल्लेख गरिएको छ । यस घटनामा जनताको रकम हिनामिना गर्ने भ्रष्टहरुलाई छिटो भन्दा छिटो कारवाहिको प्रक्रियामा ल्याउन र शेयर सदस्य तथा वचतकर्ताहरुको रकम फिर्ता गराउन नियमक निकायहरुलाई नेकपाले अनुरोध गरेको छ ।

पार्टीका जिल्ला सेक्रेटरी हुकुम सीले हस्ताक्षर गरेको प्रेस वक्तव्यमा जनतामाथी यस्तै गैरजिम्मेवार रबैया जारी राख्ने र जनतालाई पीडित पारिराख्ने कुरा रहिरहे पार्टीले जनपरिचालनसहितको उचित कारबाही प्रक्रिया अगाडि बढाउने समेत चेतावनी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।