६ आश्विन २०८१, आईतवार

निरासाको भुमरीबाट निस्केर देशमा नयाँ आशाको किरण भर्न युवाहरुलाई विप्लवको आग्रह

0

कपिलवस्तु: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले निरासाको भुमरीबाट देशमा नयाँ आशाको किरण भर्न यूवाहरुलाई आग्रह गरेका छन् ।
शनिबार केन्द्रिय कार्यालय शिवगढीमा सम्पन्न युवा संगठन नेपाल २ नं. कमाण्डको प्रथम विस्तारित वैठकमा उनले यस्तो निर्देशन दिएका हुन् ।
यूवा संगठन नेपालको २ नं. कमाण्डमा ३ वटा व्यूरोहरु पर्दछन् । लुम्विनी, पश्चिम लुम्विनी र राप्ती व्यूरोका २२ जिल्ला रहेका छन् । बैठकमा महासचिव विप्लवले यूवाहरुलाई निरासाको चौतर्फी भुमरी र कालो बादल भित्रबाट निस्केर देशमा नयाँ आशाको किरण भर्न आग्रह गर्दै यूवा संगठन नेपाल सिंगो नेपाली यूवाहरुको आशा, भरोसा र नेतृत्वदायी संगठन बन्न निर्देशन दिए । उनले खासगरी आजका यूवाहरु परनिर्भरताबाट ग्रसित भई चौतर्फी निरासाको गोलचक्करमा फसेकोले परनिर्भरता, निरासा र हिनताबाेधका पर्खालहरु भत्काउँदै उत्पादन र आत्मनिर्भरतामा जोडिन पनि यूवाहरुलाई विशेष निर्देशन दिए ।


बैठकमा नेकपाका स्थायी कमिटी सदस्य तथा फ्याक्शन इन्चार्ज शिलु सीले भ्रष्टहरुको हातमा रहेको देशलाई क्रान्तिकारी यूवाहरुले संघर्षको बलबाट मुक्त गरी स्वाधिन र स्वाभिमानी राष्ट्र निर्माण गर्न यूवाहरुलाई पहलकदमी लिन अनुरोध गरिन । उनले देश यतिबेला इतिहाँसकै सर्वाधिक संकटमा परेकोले एमसीसी जस्ता राष्ट्रघाती सम्झौता गर्दै अमेरिकी साम्राज्यवादको सैन्य अखडा निर्माण गर्दै नेपाललाई यूक्रेनको अवस्थामा पु¥याउन नेपालका दलालहरु न्वारानदेखिको बल लगाई लागि परिरहेकोले फेरि एक पटक आत्मसमर्पणवादीहरुका विरुद्ध क्रान्तिकारी यूवाहरु एकतावद्ध हुनुपर्ने बताइन् ।
बैठकमा नेकपाका पिविएम तथा पश्चिम लुम्विनी व्यूरो इन्चार्ज सञ्जिव सी, नेकपा केन्दिैय सदस्य तथा राप्ती व्यूरो इन्चार्ज सविन सी , केन्द्रिय सदस्य तथा रुपन्देही इन्चार्ज सरद सी, यूवा संगठन नेपालका केन्द्रिय संयोजक पाटन सी, लगायतले मनतव्य राखेका थिए ।


वैठकले संगठनको पाँचौ राष्ट्रिय सम्मेलन भव्यताका साथ सम्पन्न गर्नका लागी चैत्र पहिलो हप्तासम्म कमाण्डका सबै जिल्ला सम्मेलन तथा भेलाहरु सम्पन्न गरिसक्ने निर्णय गरेको छ । त्यस्तै एमसीसी, महंगी, भ्रष्टाचार , कमिशनखोरका विरुद्ध सशक्त संघर्ष गर्ने लगाएतका महत्वपुर्ण निर्णय गरेको संगठनका केन्द्रिय कार्यालय सदस्य विश्लेषण सीले जानकारी दिए । यूवा संगठन नेपाल २ नं. कमाण्ड इन्चार्ज विश्लेषण सीको अध्यक्षतामा प्रथम पुर्ण विस्तारित वैठक सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।