२३ बैशाख २०८१, आईतवार

गीत संगीतको धार मध्य माइला लामाको पनि छुट्टै धार छ : सुशिल सिंह

0

काठमाडौं । जनवादी कलाकार तथा श्रष्टा सुशिल सिंहले जनवादी गीत संगीतको धार मध्य माइला लामाको पनि छुट्टै क्रान्तिकारी धार भएको टिप्पणी गरेका छन् ।
जनवादी कलाकार, संगीतकार तथा गायक माइला लामाको ‘समाजवाद’ नामक भिडियो गीतको आइतबार सार्वजनिकरण कार्यक्रममा टिप्पणीकारको रुपमा बोल्दै उनले माइलाको जनवादी गीत संगीतको धार छुट्टै भएको टिप्पणी गरेका हुन् ।
उनले आफ्नो गुरुको रुपमा माइला लामा भएकाले धेरै टिप्पणी गर्नुपर्ने ठाउँ नभएको भन्दै माइला जस्तै छुट्टै धार बनाउन आफूले नपाउदै माओवादी आन्दोलन विघठनतिर गएको बताए ।
कलाकार सिंहले भने ‘आन्दोलन कमजोर हुँदा आज जनवादी गीत संगीत बज्ने प्लेट फर्म छैन । कलाकार ओझेलमा छन् । फेरी पुरानो संस्कृतिको विगविगी छ । जनवादी गीतलाई प्रगतिशील गीत भनिन्छ । तर प्रगतिशील गीतको ठाउँमा जनवादी गीतहरु राखिनु हुदैन । यसको छुट्टै धार छ । आज व्यक्तिको नाममा गीत बनेका छन् । तीनलाई जनवादी गीत भनेर स्थान दिनु पनि हुँदैन ।’
उनले जनवादी गीत संगीतको इतिहासमा माइलालाई पढनै पर्ने भन्दै आफ्ना जीवन भोगाईहरु माइला लामालाई लिपिबद्ध गरेर लेख्न र अरुलाई ५० औं वर्ष पछि पनि प्रेरणा दिन सुझाव दिए ।
उनले जब –जब क्रान्तिकारी पार्टी र आन्दोलन उचाईमा हुन्छ, त्यो बेला गीत संगीतको उचाई पनि नयाँ हुने भन्दै जव –जब क्रान्तिकारी पार्टी र आन्दोलन कमजोर हुदा यसको उचाई पनि कमजोर हुने गरेको टिप्पणी गरे । जनवादी गीत संगीतको केन्द्रमा माईला लामा स्थापित र महान नाम भएको भन्दै त्यसको पछिल्लो र समय सान्र्दाभिक भिडियो गीत समाजवाद आएको बताए । उनले आफना गीत संगीतंसंग पनि कुनै न कुनै रुपमा माइला लामा जोडिएको र योगदान भएको भनाई राखे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।