३ जेष्ठ २०८१, बिहीबार

सबै मोर्चाबाट नलडेसम्म साम्राज्यवादविरुद्ध विजय प्राप्त गर्न सकिदैन : अनिल सी

0

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य अनिल विरही सीले अहिलेको साम्राज्यवादका विरुद्ध सबै मोर्चाबाट कम्युनिष्टहरु नलडेसम्म विजय प्राप्त गर्न नसकिने बताएका छन् ।
जनवादी कलाकार,गायक तथा संगीतकार माइला लामाको ‘समाजवाद’ नामक श्रव्यदृश्य गीतको सार्वजनिकरण कार्यक्रमलाई आइतबार काठमाडौमा सम्बोधन गर्दै स्थायी समिति सदस्य अनिल विरही सीले यस्तो कुरा बताएका हुन् ।
उनले साम्राज्यवाद नेपालका सबै कम्युनिष्टहरु विरुद्ध आएको बताउदै सबै कम्युनिष्टहरु देशभक्त,वामपन्थी शक्तिहरु एक भएर नलडने हो भने सबैलाई साम्राज्यवादले सक्ने चेतावनी दिए ।
उनले भने ‘साम्राज्यवाद राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक लगायतका सबै क्षेत्रबाट नेपाल र नेपालका कम्युनिष्टहरु विरुद्ध लडिरहेको छ । यसका विरुद्ध पनि कम्युनिष्टहरुले सबै मोर्चाबाट लड्नुपर्छ । कम्युनिष्टहरुले पनि साम्राज्यवाद विरुद्ध राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक लगायतका सबै क्षेत्रबाट लड्नुपर्छ, यो एकीकृत जनक्रान्ति हो ।’
उनले साम्राज्यवादले नेपालका कम्युुनिष्ट भन्ने ओलीदेखि प्रचण्ड,विप्लव,वैद्य कसैलाई पनि नछोडने बताए ।
‘अमेरिका एमसीसीमार्फत नेपालमा आउने भनेको कम्युनिष्ट कसैलाई छोड्दैन’ उनले भने, ‘कम्युनिष्टहरुको विउ नै नष्ट गर्ने दाउमा अमेरिका छ । ओली,प्रचण्ड विप्लव कोहीलाई पनि छोड्दैन,अमेरिकाले रवि,सिके र गगन जस्तालाई सक्भर एउटै पार्टी बनाउन खोजिरहेको छ । उसले आफ्ना दलालहरु मार्फत नेपाल कब्जा गर्न चाहन्छ ।’
नेता अनिलले माइला लामाको समाजवाद गीतको श्रव्यदृश्य भिडियो गीत भनेको साम्राज्यवाद विरुद्ध सांस्कृतिक क्षेत्रबाट लडेको नयाँ मोर्चा भएको बताए । उनले माईलाले जनयुद्धकाल देखि साहित्य कलाको मोर्चालाई समाल्दै आएको र पछिल्लो समाजवाद गीत विचारधात्मक र राजनीतिक संघर्षको नयाँ मोर्चाको टिप्पणी गरे ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।